पाउन साक्दिन यो जुनिमा भुल्न चहान्न
ओइलि झरोस यो जोबन फुल्न चहान्न।।
कुनै अपेक्षा छैन तिमी माया गर नगर
पिरतिमा साँवा र ब्याज असुल्न चहान्न।।
बदनाम हुन तयार छु तिम्रो प्रेममा
पराइको मन मन्दिरमा डुल्न चहान्न
अन्धकारनै होस जिबन मेरो तिमी बिना
बादल हटाइ आकाश झै खुल्न चहान्न।।
जे जस्तो छु दुनियाको सामु पनि उस्तैछु
देखावाटी झुटो प्रसंसा बटुल्न चहान्न।।