नितान्त म एक्लो भाकोछु तिमी बिना
खानु सम्म हरेश खाकोछु तिमी बिना
न ठेगान गासको न ठेगान बासको
बैरागिदै खै कता गाकोछु तिमी बिना
यो भिडन्त शहरको रमझम भित्र भित्रै
शुन्य शुन्य आभाष पाकोछु तिमी बिना
तिमीनै सुरु मेरो तिमीनै अन्तिम प्रेम
नत अन्त पिरती लाकोछु तिमी बिना
बियोग र बिछोडका उदाशी पल मात्रै
नत बहार बनेर छाकोछु तिमी बिना