दिन्छ्यौ भने तिम्रै हातले, विषको प्याला पिई दिन्छु
लागेका ति सारा दोष, आफ्नै शिरमा लिई दिन्छु ।।
सुखमय जिन्दगीको, शिखर चढ्दै जान्छ्यौ भने
सफलताको लागि तिम्रो, फलाम जस्तै खिई दिन्छु ।।
खाएका ति बाचा कसम, सपना सम्झि भुल्नु परे
छेद्-विच्छेद भएका यी, सारा चोट सिई दिन्छु ।।
तिम्रो हाँसो तिम्रो खुसी, सधैँ तिमिलाई मिल्ने भए
जिउँदो लास बनी यहाँ, तिम्रै लागि जिई दिन्छु ।।
यो मुटुमा सजाइराख्दा, तिमि खुसी हुन्नौ भने
जिउँदो लास हुँ, झिकी मुटु, तिम्रै हातमा दिई दिन्छु