उ हिजो अस्तिको पिर सम्झिन्छ
बदल्न नसक्या तक्दिर सम्झिन्छ ।
छिनमै खस्न लागे जस्तो पहाड
आफ्नै दु:खको भिर सम्झिन्छ ।
गाउँमा सँधै उपद्रो मचाइ रहने
जिम्वालको छोरो अमिर सम्झिन्छ ।
आफ्नै आँगनमा ढिँडो खान पाए
मनमनै त्यसलाई खिर सम्झिन्छ ।
पुष माघको चिसो शिरेटोमा कठै!
बालाखाको नाङ्गों शरिर सम्झिन्छ । ।