बुहारीले ऐनामा लिपिस्टिक ठिक गर्दै भनिन , " आमा आज तपाइले आफ्नो खाना आफै बनाउनु ,
मलाइ र यिनलाई आज एउटा पार्टीमा जानुछ "
वृद्ध आमाले भनिन " छोरी मलाइ ग्यासबाला चुल्हो बाल्न आउदैन "
तब छोराले भन्यो " आमा छेउमा रहेको मन्दिरमा आज भण्डारन छ त्यहाँ गइहाल्नु खाना बनाउने झन्झट गर्नु पर्दैन....!!!
आमा चुपचाप आफ्नो चप्पल लगाएर मन्दिर भएको तिर गइन।
यो पूरा वार्तालाप 10 सालको छोरा रोहनले सुनिरहेको थियो ।
पार्टीमा जाने समयमा रोहनले आफ्नो ममिडेडिलाई भन्यो "डेडी जब म धेरै ठूलो मान्छे बन्छु नि तब म पनि आफ्नो घर कुनै मन्दिरको छेउमा नै बनाउछु " ममिले उत्सुकतावस सोधिन " किन छोरा ?
रोहनले जुन जवाफ दियो त्यो कुरा सुनेर उनिहरु दुवैजना को शिर लाजले निहुरिएर तल पर्यो ।
रोहनले भन्यो " किनकी ममि मलाइ पनि कुनैदिन यस्तै पार्टीमा जानुपर्ने हुदा तपाईं पनि कुनै मन्दिर मा खाना खान जानुहुनेछ ।
म चाहदिन कि कुनै टाढाको मन्दिरमा जानुपरोस ...!!!!!
ढुङ्गा तबसम्म शुरक्षित हुन्छ जबसम्म पर्वतसँग जोडीएको हुन्छ
पात तबसम्म शुरक्षित हुन्छ जबसम्म रुख सँग जोडीएको हुन्छ मान्छे तबसम्म शुरक्षित हुन्च जबसम्म ऊ परीवारसँग जोडीएको हुन्छ
किनकि परीवारसित अलग भएर स्वतन्त्रता त मिल्न सक्छ तर सँस्कार गइदिन्छ ।
एक मसानघाटमा लेखिएको थियो " कसैलाइ के आरोप लगाउनु साथी ......
जिन्दगीमा सताउनेहरु पनि आफ्नो थिए र जलाउनेहरु पनि आफ्नो थिए ।
" न आफ्नाले खुल्दछ न गैरले खुल्दछ , यो स्वर्गको ढोका सिर्फ मेरी आमाको हातले खुल्दछ "