नेपालकी छोरी हुँ म काली भन्छन मलाई ! देशै भरि फुल्ने फूलको डाली भन्छन मलाई ! सबैलाई खुशी बाँडी डाँडा काँडा डुल्दै बस्ने नेपालीको सान अनि ताली भन्छन मलाई !! तराई,पहाड़,हिमाल सबै एउटै ठान्ने प्रकृतिको रखवाली माली भन्छन मलाई !! समयको छाल संगै निरन्तर बग्ने हुँदा निर्झरा र नदि अनि नाली भन्छन मलाई !! चारै तिर हरियाली देख्दै मन बहलाउने खेतवारीमा झुलेको बाली भन्छन मलाई !! कैले सीता कैले दुर्गा कैले हुन्छु महाकाली त्यसैले बहुरुपी नौ जाली भन्छन मलाई !! ** भुल्न गाह्रो भयो ! ** छोडे पनि साथ उस्ले भुल्न गाह्रो भयो ! टुटेको दिल् बोकी अन्तै फुल्न गाह्रो भयो ! मुटु जल्ने ज्यानै गल्ने नसा अतितको हृदयमा बोकी एक्लै डुल्न गाह्रो भयो !! अनायासै भए पछी घात मायाँ माथि आफ्नै सामु प्रष्टिएर खुल्न गाह्रो भयो !! यौटा तेल अर्को पानी कस्तो बिडम्वना आपसमा मिलि संगै घुल्न गाह्रो भयो !! हावा संगै बहि छाए पनि खुसियाली आँशु बोकी परेलीमा झुल्न गाह्रो भयो!! समर्पण गरें उस्कै लागि जिन्दगानी त्यसैले त दिल्मा कोहि हुल्न गाह्रो भयो !! ** बाध्य हुन्छ मान्छे ** जब हुन्छ अत्याचार बोल्न बाध्य हुन्छ मान्छे अन्यायको कालो पर्दा खोल्न बाध्य हुन्छ मान्छे !! नसकेमा खप्न प्रहार प्रतिसोधको ज्वाला बोकी विवशतामा तेल्मा पानी घोल्न बाध्य हुन्छ मान्छे !! असत्यको खोल ओढी हुन्छ भने ज्याद्दती त्याँ धैर्यतामा आगो झोसी पोल्न बाध्य हुन्छ मान्छे !! खै कुन्नि के गरे पछी दैलो देखि कठै ! बरा सहि गलत आपसमा तोल्न बाध्य हुन्छ मान्छे !! हिरा माथि सुति मोति ओढे पनि अवश्य नै समयको पाउ झुकी मोल्न बाध्य हुन्छ मान्छे