• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

बकुला र गङ्गटो

कुनै वनमा अनेक जलचरहरूद्वारा सुशोभित एउटा पोखरी थियो । त्यस पोखरीमा विभिन्न प्रकारका भ्यागुता, माछा, सर्प, गङ्गटो तथा गोहीका साथै बकुलाहरू पनि निवास गर्दथे । बकुलाहरूमध्येको एउटा बूढो बकुला आफ्नो शक्ति सामथ्र्यले माछा समातेर जीविका चलाउन असमर्थ भइसकेको थियो । एकदिन ऊ अजस्रधारा आँसु चुहाउँदै पोखरीको डिलमा बसेर रोइरहेको थियो । त्यसलाई यसप्रकारले रोइरहेको देखेर एउटा गङ्गटो अन्य केही जलचर साथीहरूका साथ आइ उसको दु:खले दु:िखत हुँदै आदरपूर्वक सोध्यो–मामा, आज तपाईंले आफ्नो भोजनको प्रबन्ध गरिरहनुभएको छैन, केवल आँसु चुहाइ रोइ कराइ मात्र गरिरहनुभएको छ, के कुरा हो ? हामीलाई भन्नुस्, केही सहायता गर्न सकिन्छ कि ?

गङ्गटोको कुरा सुनेर उसले भन्यो–तिमीहरूले ठीक अनुमान गर्‍यौ । माछाहरूलाई समातेर खाने कामबाट सन्यास लिएर प्रायश्चितस्वरूप आफ्नो प्राण त्याग्ने सड्ढल्पका साथ यहाँ बसिरहेको छु । त्यसै कारण समीपमा आएका माछाहरूलाई पनि नसमाती यहाँ बसिरहेको छु ।

बकुलाको कुरा सुनेर गङ्गटोले सोध्यो– मामा, तपाईंले यस प्रकार वैराग्य लिनुको कारण के हो ?

बकुलाले भन्यो– म यसै पोखरीमा जन्मिएर बूढो भइसकें । केही विज्ञहरूको मुखबाट मैले एउटा अत्यन्त दुखद तथा विप्लवकारी भविष्यवाणी सुनेर मैले माछा मारेर जीविका चलाउने जस्तो नीच काम गर्नबाट वैराग्य धारण गरेर प्राण त्यागको निर्णय लिएको छु । मेरै आँखाअगाडि पोखरीका सम्पूर्ण निरीह जलचरहरूको अन्त्य कसरी हेर्न सक्दछु र ?

बकुलाको कुरा सुनेर आतिंदै गङ्गटोले सोध्यो– होइन, के त्यस्तो अनिष्टकारी भविष्यवाणी सुनेर तपाईं यसप्रकार प्राणत्यागको निर्णय गर्नुभयो, हामीलाई पनि सुनाइ दिनुस् जसले गर्दा हामी पनि आफ्नो प्राणरक्षाको कुनै उपाय गर्न सकौं ।

उसको कुरा सुनेर बकुलाले भन्यो– भविष्यवाणी अत्यन्त भयानक छ । ग्रह नक्षत्रहरूको विपरीत गतिको कारण निकट भविष्यमैं यस क्षेत्रमा बार्‍हवर्षे खडेरी पर्ने योग परेको छ । यस पोखरीमा त अत्यन्त अल्प जल बाँकी छ । वर्षभरि पानी परेन भने यो पोखरी निश्चितरूपले सुक्नेछ, जसको कारण यसमा रहेका समस्त जलचरहरूको बीजसम्म नष्ट भई हाल्नेछ । म उनीहरूको विनाशात्मक विछोड सहन असमर्थ छु, त्यसैले मैले प्राणत्याग गर्ने अठोट गरेको छु । यसबेला प्रत्येक यस जस्ता ससाना पोखरीहरूका जलचरहरूलाई स्वजनहरूद्वारा ठूलाठूला जलाशयहरूमा सारिंदै छन । गोही, मगर, सोंस, घडियाल जस्ता ठूला जलचरहरू अन्यत्रका ठूला जलाशयहरूमा आपैंm सरिरहेका छन् तर यस पोखरीका समस्त जलचरहरू निर्भय भएर निरुद्यम बसिरहेका छन् । मैले यसप्रकार रुने र प्राणत्याग गर्ने अठोट यसै कारणले लिएको छु ।

बकुलाको कुरा गङ्गटोले अन्य जलचरहरूलाई पनि सुनाइदियो । पोखरीका जलचरहरू यसप्रकारको विपत्तिको बारेमा सुनेर अत्यन्त भयभीत भए । ती समस्त जलचरहरू आत्तिंदै बकुला भएको ठाउँमा गई एक स्वरले सोधे– मामा, कुनै यस्तो उपाय छ, जसलाई गरेर हामीहरू यसप्रकारको आसन्न विपत्तिबाट आफ्नो प्राणरक्षा गर्न सकौं ।

जलचरहरू आत्तिएर गरेको प्रार्थना सुनेर बकुला मनमनै हर्षित हुँदै भन्यो– उपाय किन छैन, छ, तर तिमीहरू आफूले त्यो उपाय गर्न सक्दैनौं, किनकि तिमीहरू पानी बाहिर आफ्नो निजी पराक्रमले केही पनि गर्न सक्दैनौं ।

बकुलाको कुरा सुनेर जलचरहरू झन् आत्तिंदै सोधे– के छ र त्यस्तो उपाय हामीले कसको मदत लिनु वेश होला ?

बकुलाले भन्यो– यहाँबाट अलि पर एउटा ठूलो जलाशय छ, जसको पानी चौबीसवर्षे खडेरीले पनि सुक्दैन । यदि तिमीहरू पालैपालो गरेर मेरो पिठ्यूमाथि चढ्यौ भने म तिमीहरूलाई खडेरी पर्नुभन्दा अगावै सुरक्षित पुर्‍याइदिन सक्दछु ।

जलचरहरूले बकुलाको कुराको विश्वास गरिहाले । अनि त मलाई पहिला, मलाई पहिला भनेर तँछाडमछाड गर्न थाले । दुष्ट बकुला तिनीहरूलाई पालैपालो आफ्नो पिठ्यूमाथि बोकी लगेर नजिकैको चट्टानमाथि बजारेर मारी खाइदिन्थ्यो तथा फेरि अन्यलाई लिन फर्केर पोखरीमा आउँथ्यो तथा जलचरहरूलाई नानाथरी कपोलकल्पित कुराहरू सुनाएर उनीहरूको मनोरञ्जन गर्दथ्यो । यसप्रकारले सजिलोसित ऊ आफ्नो जीविका चलाउन थाल्यो ।

केही दिनपछि कुलरिक नामक त्यस ग·टोले बकुलासित भन्यो– मामा, तपाईंसित सबैभन्दा पहिलो मेरै कुरा भएको थियो । अत: आज मेरो पनि प्राणरक्षा गरिदिनुपर्‍यो । कुलरिकको कुरा सुनेर दुष्ट बकुलाले मनमनैमा विचार गर्‍यो– वेश कुरा, माछाहरूको मासु खाँदाखाँदा वाक्क लागिसकेको छ, यस्तोमा यस गङ्गटोको स्वादिष्ट मासु खाएर स्वाद फेर्नुपर्ला । यति सोचेर उसले कुलरिकलाई सहर्ष आफ्नो पिठ्यूमाथि बोकी उडेर जाँदै थियो । टाढैबाट कुलरिकले चट्टानमाथि माछाको हाडको ठूलो रास देखेर जम्मै कुरो बुझ्यो । प्रकटत: उसले बकुलासित सोध्यो– मामा, त्यो जलाशय पुग्न अब कति बेर लाग्दछ ? मेरो भारले तपाईं थाके जस्तो देखिनुहुन्छ ।

उसको कुरा सुनेर बकुलाले मनमा सोच्यो– यो जाबो जलचरले धर्तीमाथि के नै पुरुषार्थ गर्न सक्दछ र ?

हाँस्दै भन्यो– के को पोखरी ? कस्तो पोखरी, यो मेरो जीविका चलाउने तरिका पो त । लौ अब आफ्नो इष्टदेवको स्मरण गरिहाल मूर्ख किनकि अब म तिमीलाईं पनि त्यही चट्टानमाथि पछारेर मारी खानेवाला छु । बकुलाको यति कुरा सुन्नासाथ गङ्गटोले आफ्ना दुइटै सिउँठाले बकुलाको घाँटी कच्याक्क थिचेर टोक्यो । बकुला तत्काल त्यही मर्‍यो ।

गङ्गटोले मृत बकुलाको गिंड त्यही छाडेर घाँटी मात्र लिई पोखरीमा फक्र्यो । उसलाईं यसप्रकारले फर्किआएको देखेर जम्मै जलचरहरू आश्चर्यचकित हुँदै सोधे– अरे, कुलरिक, तिमी कसरी फर्कि आयौं ? खोई मामा पनि देखिनुहुन्न । हामी आफ्नो पालो पर्खिबसेका छौं ।

उनीहरूको कुरा सुनेर कुलरिकले हाँस्दै भन्यो– मूर्खहरू, त्यो दुष्ट बकुलाले माछाहरूलाई बोकेर लगी चट्टानमाथि बजारेर मारी खान्थ्यो । आयु शेष रहेको कारणले मैले उसको बठ्याइँ बुझेर त्यसलाई मारी उसको घाँटी लिएर आएको छु । अब ढुक्क साथ बसौं, हाम्रो कल्याण हुनेछ ।

Anju rana magar

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image