म त्यही प्लटिङ्ग मा एक्लै हात मा निब्न लागेको चुरोट्को ठुटो बोकेर अनि आखा भरी आशु रोकेर उस्को जन्मदिन मनाई रहेको थिए जुन प्लटिङ्ग उनि सङ्ग बोल्न घर वाट भागेर जान्थे ।खै किन त्यो बेला मेरा आशुहरु परेलिको डिल नाग्न हतार गरिरहेका थिए । छोटो समय मा निक्कै मुल्यवान बनेकी थिन उनि जस्को जन्मदिन आज परेको छ । जव साझ झमक्क परेको थियो आकाश मा टिल्पिलाउदा तारा देखिन्थिए अनि यौटा सुन्दर जुन ( जस्को नाम लिदै म उस्लाई जिस्काउथे) । सोचिरहेको थिए भाग्यले साथ दिएको भए त आज म पनि उस्को जन्मदिनमा केहि खुसी हुने थिए उस्लाई शुभकामना दिने थिए । तर सव उल्टो भैरहेको थियो ।खुसि को ठाउ मा उस्का यादले पिरोलेर दुखित थिए । पुराना याद हरु ले एक्कासी मनको सिमा मिच्न थाले उनि सङ्गका पुराना दिन हरु यादमा आउन थाले । नया कुरा त थिएन याद सधै नै आउथे तर आज अलि विशेस दिन थियो ।
पहिला उस्को जन्मदिनमा मैले शुभकामना ब्यक्त गरेका ति सब्दहरुले आजको दिनमा अह ठाउ पएनन । सायद ति सब्दहरुको स्थान र मुल्य सवै घटेको थियो या सकिएको थियो बुज्न सकिन । हात मा निभ्न लागेको चुरोट्को आगोले पोलेपछी झलाश्य झस्कदै ओरिपरी हेरेको थिए अहिले म कहा हराई रहेको छु ?? झन्डै बुजिन । एक्छिन मौन रहेपछी पुन अर्को चुरोट सल्काउदै मेरो जन्मदिनमा उस्ले दिएको उपहार लाई अङाल्दै पुन त्यही दिनका यादहरुमा फर्किएछु जुन कलेजका दिनहरु जहा उसङका प्रत्यक पल सुन्दर थिए । साच्चै उस्को तोत्ले बोलिले मलाई लठ्ठै बनाउथ्यो । उसङ्ग्का म्यासेज अनि फोनका सब्दहरु अझै मनमा काडा झै बिझेका थिए । मेरो जन्मदिनमा उस्को शुभकामनामा त लेखिएकै थियो ” कैले छाडेर जान्न मेरो साथ जिवन भरी चाहिन्छ” तर त्यो कुरामा मात्र सिमित रहयो । मेरो जन्मदिनको भेटघाटमा मेरो कोठा (डेरा) मा उस्को आगमन हुदा थुप्रै साथिहरु माझ उनि सव भन्दा स्पेसल थिन । त्यो फिल्म हलको छोटो समय उस्ले सताएका ति दिन हरु अनि उसङ्ग बोल्न घर वाट भाग्दा अ्म्मिले मलाई जिस्काउदा खै किन लजाउथे अहिले ति सव सपना भए । कास आज पनि ति दिन हरु म सङै थिए भने आज म पनि निक्कै खुसी हुन्थे होला यस्तै कुरा मनमा खेलिरहेको थियो । फेरि चुरोट ले हात झोस्यो । मैले देखिरहेको थिए अङ्गालो मा भएको मेरो उपहार भरि आफ्नै आशुले ढाकेको थियो । आकशमा हेर्दा जुन लाई पनि बादल ले लुकाई सकेको थियो सायद मलाई देखेर । बल्ल पो सम्झे आज त उस्को जन्मदिन ! फोन झिकेर डायल गरे बोल्ने सक्ती थिएन अनि काटे । अनि म्यासेज लेख्न थाले अन पो थाहा भयो…ओहो उस्लाई खुसी बनाउन कसैलाई दिएको कसम ले उस्लाई शुभकामना दिन पनि मलाई रोकेको थियो । अनि मन मनै हजार शुभकामना ब्याक्त गरे त्यही बादल भित्र लुकेको जुन लाई सम्झेर । कैले मन्दिर नछिर्ने मन्छे आज रक्सी ले मातेर लठ्ठ हुदा पनि रातको समय मा मन्दिर छिर्यो । मन्दिर गएर उस्को खुसी माग्यो त्यो निर्दही अनि स्वर्थी अचल मुर्ती सङ्ग जस्ले उस्लाई मसङ्ग खोसेको थियो । मोबयल बज्दा पो ब्युझे म त सपनी मा रहेछु |
Rabeen Shrestha