• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

स्वदेशमै फर्कने रहर आयो

 

अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।

विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट(बुटमा सजिएर घर आयो।

त्यसपछि उसको पढाइको साथै काम(धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।

पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।

करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।

अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।

सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।


अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।

कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।

नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।

समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।

धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।

सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image