अध्ययन गर्न भनेर बोइङ्ग चडेर बिदेश लाग्यो । बिदेश लागेको तेस्रो बर्ष छुट्टी रे भनेर उ शुट्बुटमा सजिएर घर आयो । त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उत्तै चल्ने रे भन्ने हल्ला आयो । पढा,सकेको 3बर्ष पछि बिहे गर्न भनेर फेरि आयो । करिब 10 बर्ष पछि बाबुको मृत्युको खबर पुगेपछी आयो । अर्को 15 बर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो । सुनिन्थ्यो त्यसपछी उसलाइ स्वदेशमै फर्कने रहर आयो । अर्को दसक बित्यो ,"तर उता बस्ने मन छैन रे " भन्ने मात्र खबर आयो । कहिले केटाकेटिको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो । नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो । समय बित्दै गयो, उ आएन, उ आउने खबर मात्रै आयो । धेरै बर्स फेरि बित्दा एउटा बैराग्यको खबर आयो । सुनियो कि काठको बाकस भित्र हालिएको उसको लाश नेपाल आयो ।