गाउको यौटा छाप्रो मा केहि मान्छे हरु भेला भईरहेको थिए । होहल्ला निक्कै थियो । के होला भन्ने कौतुहुल्ता ले मलाई त्यहा को बताबरण बुज्न मन लाग्यो र भट्भटे रोकेर हेर्न थाले । यौटा अधवैसे मान्छे भन्दै थियो ल्याईपुराउने बेला भयो हाम्रो तयारी गर्दै गर्नु पर्छ । मलाई लाग्यो केहि ठुलो कार्य हुदै छ । एसो भिड वाट जसोतसो छिरेर हेर्ने मौका पाए तव मलाई छागा वाट खसेझै आनुभुती भयो । जव मैले त्यहा को दृश्य देखे मेरो आखा रसायो । यौटी बुडि आमा ( जो ७० बर्श कटिसक्नु भएको जस्तो देखिन्थियो ) डाको छोडेर रुदै हुनुन्थियो । अनि त्यस्तै बुडा बा कुनामा मुर्छित आवस्था मा हुनुन्थियो । त्यहाको अवस्थाले मेरा परेलिका डिलहरु कुन बेला आशुले पार गरेछन थाहै भएन । आशु पुस्दै अलि ओर्तिर आउदा यौटा मान्छे भन्दै थियो । अव त घरबारी नै मेरो भयो यि बुडा बुडिले ॠण तिर्न सक्दैनन । मलाई लाग्यो त्यो घर बारी लिलाम हुदै थियो थियो । यौटी दिदि बारिमा फुलेका सयपत्री र मखमली फुल देखाउदै भन्दै हुनुहुन्थियो ” तिहारको लागी रोपेको फुल अब लाश मा चडाउन हुनेभो ” ।
अव मलाई अड्कल काट्न बेर लगेन त्यहा कसैको मृत्यु भएको छ । अलि पर गएर यौटा चौरिमा बसिरहेको थिए । यौटा गाडिमा काठ्को बाकस बाधेर मेरै अगाडि वाट लगियो । यो सव कसैलाई सोध्ने निधो गरे । अलिक पर वाट एक घना बास र सेतो कपडा लिएर आउदै गरेका मान्छेलाई सोधे । जस्को उत्तर सुनेपछि मेरो ससिर काप्न थाल्यो । त्यो काठको बाकस त्यही अगिको घारमा लगिदै थियो जुन बाकसमा त्यही बा-आमा को छोराको लाश थियो । २० बर्स को जवान छोरो पढ्दै गर्दा बुडा बा-आमा लाई सुख दिने , अनि चुने छनोमा जस्ता लागाउने, आफ्नो सुन्दर भबिश्य निर्माण गर्न जस्ता थुप्रै सपाना बोकेर चर्को ब्याजमा साहुको ॠण काडेर पर्देशिएको थियो । गएको ३ महिना मै मेसिनमा च्यापिएर मरेछ । कठै ! ति बा-आमा जस्ले बुडेसकालको सहारा पनि गुमाए । अनि छोरा ले सु:ख दिने सपनी पनि । राहादानी सङ्ग ठुला सपना साट्न पर्देसिएको छोरो ठुलो जाहाजमा काठ्को बकास मा फर्किएयो । उस्का सारा सपाना त्यही काठको बाकास मै सिमित रहयो । आफ्ना आखाका आशु पुश्दै म पनि हजार बिदेसिएका नेपाली को दु:ख सम्झिदै आफ्नो बाटो लागे …