• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

र्सार्वजनिक सुनुवाई

जिल्लामा भइरहेको भ्रष्टाचार, तस्करी, घुसघोरी, ढिलासुस्ती, अनियमितता आदि समस्याहरूमा कमी ल्याउने हेतुले प्रत्येक हप्तान्त नगरपालिकाको सभाहलमा जिल्ला प्रमुख अधिकारी (जि.प्र.अ) को समुस्थितिमा र्सार्वजनिक सुनुवाई गर्ने योजना बनाइयो । पहिलो पटकको र्सार्वजनिक सुनुवाईमा थुप्रै गुनासा तथा समस्याहरू पीडित सरोकारबालाहरूले राख्दा समस्या निराकरण गर्ने वचन दिए जि.प्र.अ.ले । दोस्रो हप्तान्तको दिन फेरि सभाहल खचाखच भरियो । केही सुधार नभएको जानकारी सरोकारबालाहरूले दिएपछि सम्बन्धित कर्मचारीहरू लगायत ज्रि्रअसमेतले अबदेखि यस्तै हुनेछैन भनेर आश्वासन दिए । सबैजना घर फर्के ।
तेस्रो हप्तान्तको कार्यक्रममा सरोकारवालाहरूले ‘समस्या जस्तातेस्तै छ र कम हुनुको सट्टा झन् बढिरहेको छ’ जनाए । गतहप्ता झै यस हप्ता पनि आश्वासनको भारी बोकी उनीहरू घर गए र लगातार आए सात हप्तासम्म । तर समस्या यथास्थानमै रहिरहृयो । आठौँ हप्ताको दिन जब सम्बन्धित कर्मचारीका साथमा ज्रि्रअ सभाहलमा पुगे तब देखे कि गुनासो सुनाउने जनताहरूको उपस्थिति शुन्य छ । समय अवधिसम्म समस्या देखाउने कोही आएन । भोलिपल्टको एक पत्रिकामा खबर छापियो, ‘जिल्लाभरिमा एउटा पनि प्रशासनिक गुनासो तथा समस्या छैन । जिल्लाभरि कहि पनि तस्करी, ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको छैन ।’ भनेर हिजोको कार्यक्रमबाट पुस्टियो ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image