“बैनी कहाँसम्म पुग्ने हो ?” संगै सिटमा बसेका अपरिचितले प्रश्न तेर्साए। तुल्सीपुरसम्म, तपाईँ नि ? मैले फर्काएको जवाफ। आलोकसँग चिनाजानीको पहिलो परिचय थियो यो। आलोक, डिप्लोमासम्मको अध्ययन गरेको एक मध्यमवर्गीय युवा, जागिरको खोजीमा दाङ जाँदै रहेछ। सामान्य भए पनि कपडा मिलाएर लगाएको आकर्षक चेहरा, हाँसीहाँसी कुरा गर्ने, कुराकानीकै सिलसिलामा। गरिबी, अभाव र विवशता झल्किए पनि सकभर आफ्नो दुःख लुकाउन खोज्ने, सभ्य भाषा प्रयोग गर्ने पहिलो भेटमै बेग्लै प्रभाव छाडेको थियो। बुटवलबाट सँगै यात्रामा थियौँ। बसभित्र रमाइलो दोहोरी भाका बज्दै थियो। प्राकृतिक सुन्दरता चियाउँदै, नौलो साथीसँग रमाइलो कुराकानीमा मस्त हुँदा आफैलाई बिर्सिएकी थिएँ। नेपालको शिक्षा व्यवहारिक नभएको र भ्रष्ट नेताले देश बिगारेकोमा आक्रोश ब्यक्त गर्थ्यो आलोक। कुर्सीको लडाइँले गर्दा आफूजस्ता लाखौँ युवाको भविष्य बिग्रेकोमा मनमनै दुःखी थियो। नयाँ नेपालको चाहनामा नयाँ दललाई जनताले सत्तामा पु-याएको तर उनीहरुले पनि शिक्षित बेरोजगार युवालाई रोजगार दिन नसकेको र देश विकासतर्फ सोच्दै नसोचेकोमा निराश देखिन्थ्यो। १२ वर्षको जनयुद्धमा बुवा र दाजु गुमाएको परिवारको चिन्ताले जागिरको खोजीमा भौँतारिरहेको रहेछ। गन्तव्य आयो, एकआपसमा सफलताको कामना गर्दै छुटि्टयौँ। माथिल्ला पदमा आफन्त हुनेले मात्र जागिर पाइने नेपालको सर्न्दभमा आफ्नो उत्कृष्ट प्राप्ताङ्क र लगनशिलताको कुनै मूल्य नभएकोमा जिन्दगीदेखि नै हतास हुने गर्थ्यो। परिश्रम गरे एकदिन सफल भइन्छ हतास नहुन भन्ने आदर्श वाक्य बोल्दै टेलिफोनमा नै उसलाई सहानुभूति ब्यक्त गरेकी थिएँ। एक दिन रातमा फोन गरेर माइक्रोबसमा खलासी काम गर्न थालेको बताउँदै निकै रोएको थियो आलोक। कुनै पनि काम ठूलो र सानो हुँदैन, आफ्नो ब्यबहार अनुसारको फल पाइन्छ, राम्रो काम गर्नु इज्जत सबै ठाउँमा छ भन्दै फोन राखेकी थिएँ मैले। घरपरिवारको चिन्ताले वास्तवमै मर्माहत बनेको थियो। सरकारी पक्षबाट आफ्नो बुवा र दाजुको हत्या गरेको र अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको गुनासो गथ्र्यो बेलाबेला। बास्तबमै सरकारका उच्च पदमा आफ्ना मान्छे हुँदो हो त मोटै रकम हात पर्दो हो उसको परिवारमा। युद्घपीडितको नाममा ठूलै पोष्टमा जागिर खाँदो हो आलोक। तर उसको पक्षमा बोल्ने, उसको आवाज ठाउँमा पु-याइदिने कोही भएन। उसको परिवारको भएको बिचल्ली कस्ले देख्ने ? करिब ८/९ महिनादेखि आलोक मेरो सर्म्पकबाट हरायो। मैले उसलाई भेट्टाउने र खोज्ने प्रयास नगरेको नि हैन। बदलामा असफलता हात लागेको थियो। केही दिनअघि कामविशेषले काठमाण्डौ जाँदै थिए। माइक्रोबसले आफ्नै खलासी किचेर मुग्लिनमा सडक बन्द थियो। धेरै यात्रुहरु बिचल्ली परिरहेका थिए। हामी कहिले गाडी त कहिले सडक गर्दै ४ घण्टा बिताइसकेका थियौ कतिखेर सडक खुल्ने कुनै अत्तोपत्तो थिएन। जम्मा हुनेले भन्दै थिए -घटनास्थल नजिकै छ, मान्छे छट्पटाउँदै छ, तर गाडी मालिकले कुनै वास्ता गरेको छैन। सहयात्री रमासँगै घटनास्थल पुगेँ। सडकमा एक युवक रगताम्य थियो। टाउकोबाट रगत बगेर सडकका खाल्डा पुरिएका थिए। एउटा खुट्टा किचिएको अवस्थामा थियो। उसको श्वासप्रश्वास चल्दै थियो। होसमा आउँदा आमा! आमा भन्ने गथ्र्यो। सबै मान्छेले उसको तमासा हेरेर बसेका थिए। कसैले उठाउने दुस्साहससम्म गरेका थिएनन्। एक्कासी मेरो नजर उसको परिचयपत्रमा प-यो- आलाक सिग्देल नवलपरासी, मलाई सपनाजस्तो लाग्यो, सपना हो या विपना हो छुट्टाउन सकिनँ। महिनौँदेखि खोजिरहेको आलोकलाई यो अवस्थामा देख्दा आँखाबाट साउने झरी बग्न थाल्यो। मलाई डाँको छाडेर रुन मन लाग्यो। बिस्तारै समिपै पुगेर आलोक आलोक भन्दै चिच्चाउन थालेँ। उसको टाउको समातेर काखमा राखेँ। ऊ बिस्तारै बोल्यो शीला, मेरो अहिल्यै मर्ने रहर पटक्कै हैन, मेरो आमालाई यो कुरा नसुनाउनू है। यति बोल्दै उसले आँखा चिम्लियो, हातखुट्टा छाड्यो। आफ्नै काखमा भएको उसको ह्रदयविदारक मृत्यु मेरो मनले कदापी स्वीकार गर्न मानेन। वास्तविकता त्यही थियो जुन मैले देखिरहेकी थिएँ।