• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Rakshi aadarsh रक्सीको आदर्श

रातको समय, कम प्रकाश, बढि धूबाँ र विदेशी संगीतले भरीएको ‘बार’ को त्यो सानो कोठामा तीनजना भलादमीहरु देश बिकासको वारेमा ‘गहन चिन्तन्’ गर्दै थिए । जती जती बोतल रीतीन्थ्यो त्यती त्यती उनीहरुको राष्ट्र प्रेमका भावनाहरु पनि उजागार हुदैं थिए ।

” हेर … देश त झन झन बरबाद हुदैँ जान लाग्यो …” यौटा व्यक्तिले आफ्नो रित्तिन लागेको गिलास पूनः भर्दै चिन्ता व्यक्त गर्‍यो।

“त्यै त! यौटा गतिलो नेता पनि भएन यहाँ , न त ईमान्दार नेता न त स्वच्छ राजनीती ….” चुरोटको धूवाँलाई गोलो पारेर उडाउँदैं दोस्रोले सहि थाप्यो ।

” सार्‍है चिन्ताजनक स्थिती पो भयो त देशको…” तेस्रो व्यक्ति दार्शनिक पारामा बोल्दै थियो “…मलाई यो जाँड रक्सी केहि मन पर्दैन …तर के गर्ने … देशको चिन्ताले गर्दा पिउने गर्छ
  

दिनको बेला, थोरै काम, बढि फुर्सद र निश्चित अनुशासन नभएको आफ्नो सामुहिक कार्यालयको यौटा पुरानो कोठामा बसेर उनै तीनजना चिन्तकहरु साँझको कार्यक्रम बनाउँदै थिए ।

” …आज त बल्ल बल्ल यौटालाई फसाँए नत्र त झण्डै ‘हातै खाली’ भैसकेको थियो ” पहिलो व्यक्तिले अली असन्तुष्ट अनुहार लगाउँदै आफ्नो स्थिती बतायो ।

“त्यै त …मैले पनि त्यो व्यापारीको फाईल एकछिन नलुकाएको भए आज त अफिसबाट सिधै घरै जानुपर्ने भैसकेको थियो” देस्रो व्यक्तिले आफ्नो हालत दर्शायो ।

” …अँ त … मैले पनि ‘पुरानै चाल’ चलेर २-३ जनालाई ‘मुँडी’ हालेँ…” तेस्रो व्यक्तिले विजयी मुस्कानकासाथ आफ्नो खुबी देखायो “…नत्र त रातको खर्च कसरी धान्न सकिन्छ र … ल ….लागौं अब”

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image