वर्षौंपछि भेट भएका दुई बूढाबीचको कुराकानी ।
पहिलो – तिम्रा सन्तान कति भए ?
दोस्रो – तीन छोरा । हुर्किसके ।
पहिलो – अनि अब त पढेर जागिरे पनि भइसके होलान् ।
दोस्रो – जेठोले पढाइ सकेर प्राइभेट कम्पनीमा जागिर खान्छ । माइलोले पिएचडी भर्खरै सक्यो । कान्छोले चैँ पढेन ।
पहिलो – अनि कान्छोलाई चैँ किन नपढाको त ?
दोस्रो – कान्छोलाई नि पढाको भए त हामी भोकै मर्ने थियौँ । उसैले त पालिराखेको छ सबै परिवारलाई ।
यस्तै छ त नि । दुई व्यक्ति एउटै घरमा बस्छन् । एक जना पढेको तर नपरेको, अर्को नपढेको तर परेको । नपढेको व्यक्तिको शानदार जीवनशैली र कमाइ देख्दा अनि पढेकोको व्यक्तिले मुस्किलले जीवन काटिरहेको देख्दा यही चुट्किला याद आइरहन्छ ।
परनिर्भर र पररोजगार होइन, स्वनिर्भर र स्वरोजगार बनौँ ।