एउटा मानिस हात्तिहरु राखेको ठाँउ नजिकैबाट जाँदै गर्दा अचानक रोकियो र सोच्न थाल्यो-यति ठृला जनावरहरु पनि एउटा सानो डोरिको भरमा मात्र अगाडीको खुट्टामा बाँधी राखिएका छन्। न कुनै साङ्लो, न कुनै पिङ्जडा। यो कुरा पक्का थियो कि ति डोरिहरु हात्तिहरुले चाहेको खन्डमा कुनैपनि बेला चुँडाउन सक्थे तर केहि कारण थिए जसकारण तिनिहरु तेस्तो गर्दैनथे। नजिकै उसले हात्तिहरुलाइ तालिम दिने मानिस देख्यो र उसलाइ किन यी जनावरहरु भाग्ने कोसिस नगरी एकै ठाँउमा मात्र उभिरहन्छन भनि सोध्यो। प्रशिक्षकले भन्यो- "अँ, जब तिनिहरु एकदमै साना र कलिला हुन्छन, हामिले तिनीहरुलाई बाँध्न त्यो उमेरमा पनि अहिलेकै डोरी प्रयोग गर्छौ जुन तिनिहरुको लागि पर्याप्त हुन्छ। जब तिनिहरु बढ्दै जाँदा पनि यो बिस्वास गर्ने अबस्थामा हुन्छन कि त्यो डोरी तिनिहरुले चुँदाल्न सक्दैनन्। त्यो डोरीले अझै पनि बांध्न सक्छ त्यसकारण तिनिहरुले खुला हुने कोशिस गर्दैनन्। त्यो मानिस छक्क पर्यो। ति जनाबरहरु जुनसुकैबेला बन्धनमुक्त हुन सक्थे तर सकिदैन भन्ने बिस्वासले गर्दा तिनिहरु जहाँको त्यहि अडिरहेका थिए। ति हात्तिहरु जस्तै, हामिमध्ये कयैं पनि जिन्दगिमा केहि गर्न सकिदैन-किनकि यो भन्दा अगाडि हामी असफल भैसकेका छौं भन्ने झुटो बिश्वसमा त झुण्डिरहेका त छैनौं ??? असफलता सिकाइको एउटा अभिन्न अंग हो। हामी यो संघर्षमय जीबनमा कहिलै हार मान्नु हुदैन। हामी असफल हुनु भाग्गेको दोष होइनः यो त केवल पाठ।शिक्षाहरु हुन जो जीबन अगाडि बढाउनका लागि अत्यावश्यक छन्।