• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

बादर कुकुर र बाघ

एक दिन कुकुरले जंगलमा बाटो बिरायो। त्यसपछि उसले आफ्नो छेउमा आउँदै गरेको बाघलाइ देख्यो ............... कुकुरको सास रोकियो। "आज त मेरो काम तमाम!" कुकुरले सोच्यो............... त्यसपछि उस्ले केही सुकेका हड्डीहरू देख्यो। अनि कुकुर बाघ आउदै गरेतीर पिठ्यु फर्काएर बस्यो र हड्डिहरु चुस्न लाग्यो र ठूलो स्वरमा बोल्न थाल्यो, "वाह! बाघको मासु खानुको माज्जानै अलग छ ,अझै एउटा पाए त भोज नै हुने थियो नि"अनि उस्ले जोरले डकार मार्यो ... ....................अनि बाघले सोच्न लाग्यो। "यो कुकुरले बाघलाइ खादोरैछ , बरु अरु नै खाना खान्छु तर अहिले ज्यान जोगाएर भाग्नुपर्यो भनेर बाघ ज्यान जोगाएर भाग्यो!" एउटा बादर रूखमा बसेर यो सबै दृश्य उस्ले देखिराखेको थियो ..............उस्ले सोच्यो यो मौका राम्रो छ, उसले बाघलाई सम्पूर्ण कथा भन्ने र उ सङ्ग मित्रता गास्ने अनि सधै भरिको लागि बाघको डर बाट मुक्ती पाउने सोचेर उ बाघतिर दौडिदै गयो । कुकुरले बादरलाइ देख्यो, र बुझ्यो कि त्यहाँ कुनै लफडा छ। अर्कोतर्फ, बादरले बाघलाइ सबै कुरा भन्यो कि कुकुरले बाघलाइ कसरी मूर्ख बनायो। बाघले डुकृदै जोरसङ्ग भन्यो, - "हिड म सङ्ग, अब म उस्को लिला समाप्त गर्दछु" र आफ्नो ढाडमा बादरलाइ बसालेर कुकुर तिर लम्कियो। के तपाईं कल्पना गर्न सक्नुहुन्छ कुकुरले के तरिका अपनाउला ... ??? अनि कुकुरले आउदै गरेको बाघलाइ देखेर मन मनै भन्यो अब त जीवन संकटमा आयो तर पनि कुकुर हार नमानी बाघ तर्फ पिठ्यु फर्खाएर बस्यो। अनि जोर जोरले कराउन लाग्यो "यो बादरलाइ पठाएको एक घण्टा भयो अहिले सम्म एउटा बाघलाइ फसाएर ल्याउन सकेन। यो सुनेपछि, बाघले बादरलाइ भुइमा पछार्यो र भाग्यो। ' त्यसैले कडा मेहेनत भन्दा स्मार्ट तरिका अपनाउनुहोस।समस्यादेखि नभाग्नुहोस कुनै पनि समस्या तपाईंभन्दा ठूलो हैन।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image