एउटा रुख थियो गाउँ नजिक जब यो पुर्ण बैशमा थियो यस्को जरामुनी कुवा थियो यस्को हागाबिगा थुप्रै थिए यस्को हरीयाली/ नवमन्जरी यस्को पुलकता यस्को छुवाइ कस्तो आनन्द कानन थियो । मानिसहरू यसको फेदमा बस्थे बाख्रा चराउने गोठाला देखि प्रेम गर्ने युवा युवती सम्म माया गर्ने बुढाबुढि देखि सारङी बजाउने गाइनेदाइ सम्म यो सबैको आरामस्थल थियो यहाँ कतिले बनभोज गरे यहाँ कतिले मङ्न मोज गरे बनभोज गर्नेले फोहोर गरे मनमोज गर्नेले असुद्द पारे यहाँ भिड जम्न थाल्यो विविध बिचारको बिचल्लीले रुखको फेद असफेद हुन थाल्यो काग गिद्द र लाम्पुच्रे चराहरु झिंगा लाम्खुट्टे र किराहरु यहाँ आएर सभा सम्मेलन गर्न थाले जुरेली मैना र कोइली भागे खै कता गए दुर देश गए स्याल गिद्द हुडार र चितुवा मलसाप्रो बिरालो र हाप्रे थुप्रीन थाले जरुवा सुक्यो। पातहरु खस्न थाले अब यहाँ प्रेम गर्न कोहि आउदैनन यहाँ रातमा कोइली कराउन्नन यहाँ मलसाप्राले टाेडको पार्यो र आफू छिर्यो लुक्यो लुसुक्क आफुलाइ सुरक्षीत ठान्यो गिद्दले सिनो ल्याएर खान थाल्यो वरिपरि सिनो गन्हाउन थाल्यो बादरले रुखका हागाहरु भाचे क्रमश रुख थोत्रो हुँदै गयो अब रुख वरिपरि बस्न लाएक भएन अब रुखले छायां दिन छोडयो रुखलाइ सबैले– आ आफ्नै स्वार्थमा उपयोग गरे रुखत हो नि /आखिर यस्को पनि जीवन छ पचास नाघेका आमालाइत बृद्दाश्रम छोडने हामी जाबो एउटा बुढो रुखको के माया ? जरा कुहिदै गयो /पात सुक्तै गए कयौं शरद हेमन्त बर्षा शिशिरको अनन्त प्रहर खपेको रुख तर मानिसको घिनलाग्दो स्पर्शबोधिता रुखलाइ पारायाको बोक्सी लाग्यो यो सतिसाललाइ माया गर्नेहरूलाइ एक्दिन रुवाएर पाखा लागाइयो केवल एउटा छाता र सुरुवाइ बोकाएर डाडो कटाइयो / घात अन्तर्घातको राप कलह र बिद्रोहको ज्वाला दन्केकै हो गान्धी बिचार बोक्नेहरुको आँसुले मलिलो बनोस धरती र फेरि रुख हरियो होस, तर मलसाप्रा पसेको उखुबारी रजाइँ गर्नेहरूको कुनै कमि छैन फेदैबाट सल्केको आगो निभ्न गाह्रो र अन्तत – एक दिन रुख गर्ल्याम ढल्यो मानिसहरू पहिलो चोटि रुखको माया र सम्झनामा रोएको देखे मैले/ रुखलाइ पनि दुख्छ रुखलाइ पनि स्नेहको जरुरत छ रुखले पनि श्वास फेर्छ/ रुख पनि बोल्छ भनेर बुझ्ने मान्छेको कमि देखे मैले यहाँ रुखको फेदीमा बसेर रुख ढाल्ने छन रुखत रुख हो नि – बुद्धले रुखको फेदमा ज्ञान् पाएको अहिलेका बुद्दुहरु रुखको हागा होइन जरा काटछन र छायां खोज्छन !! अस्तु !!!!!