उत्तर तिर जंगलमा छ एउटा स्याल भयो असारे झरीमा त्यसको बेहाल त्यसको मन ल्यांग फ्याङ्ग गर्न थाल्छ जब आकास गोकर्ण वनमा चट्याङ्ग फाल्न थाल्छ भाग्छ त्यो स्याल, पुच्छर लुकाउदै खस्दो चट्याङ्गबाट ज्यान जोगाउदै त्यसको मनमा घर बनाउछ थाल्छन् डर र पीर हिड्छ काठमान्डू तीर, लुकाऊदै आफ्नो शिर भिजेको कुकुर जस्तै त्यसको रुप हिड्दै आइपुग्छ फेरी त्यहाँ जहाँ जंगल छ झुरुप्प तर जङ्गल यहाँ पक्का घरको,सोच्छ “काठमाडौँ पक्का कुरुप सहर हो ” त्यो स्यालको मनमा पनि काठमाडौँ मै बस्ने रहर भो देख्छ मान्छे टन्न, दस अनि सय अनि हजार सम्म अब लुरुक्क आइपुग्यो त्यो दिल्लीबजार सम्म त्यसलाई त लाग्छ यहाँ बस्न सकिन्छ जस्तो जङ्गलै त हो, जहाँ सभ्यता छ खस्दो अनि हिम्मत गर्दै , कदम बढाउदै काठमाडौँको अनन्त खाल्डोमा हड्बडाउदै त्यो स्याल अनाम नगर आइपुग्छ त्यहि नजिकै एउटा ठुलो चौर नीर लुक्छ त्यो आइपुग्यो त्यहा भागेर,लुकेर, झुकेर भुकम्पमा लडेको एउटा पर्खाल कटेर देख्न पुग्छ बिचित्र चित्र, सिंहदर्बार भित्र मान्छे के हुन्थे र, सबै तिर रहेछन्