कारखाना मालिकले आफ्नो एकजना मजदुरलाई गाली गर्दे हकार्यो– ‘साला ! गधा । तेरो बुद्धि छैन ?’
ढाडमा भारी बोकिरहेको मजदुर मालिकको गाली नसकिन्जेल केहीक्षण त्यही ठाउमा मेशिनझैं यन्त्रवत उभिइरह्यो । भारी बोकेर यही बाटो भएर आइरहेको एउटा गधाले पनि यो गाली सुन्यो । गधा टक्क अडियो ।उसले मालिक र मजदुरको अनुहार हेर्यो । मालिक रवाफसाथ कराइरहेको थियो । मजदुर तरतर पसिना चुहाएर अर्को नया आदेशको पर्खाइमा थियो ।
यो दृष्य देखेपछि गधालाई लाग्यो– ‘मैले जस्तै इमानदारीपूर्वक परिश्रम गर्ने मान्छेलाई आखिरमा गधा भनिदो रहेछ ।’