• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Nepali story रजस्वला

अंकल छोडी दिनुहोस। के गर्नु भाको? मलाई दुख्यो। दुख्यो मलाई …! आईया… ! आईया…! पोल्यो। आथा….था..था…..! मेरो आवाज घाटीमै रोकिएका थिए । भित्र भित्रै दबिएर चिच्याउदै थिए। बन्द खोरको कुनामा निस्सासिदै गर्दा मेरो मुखमा खस्रा ठूला हातले थिचियो। आवाज बाहिर आउने कुरै भएन। म छटपटीरहेको …थिए … यसरी नै छटपटीरहेको थिए। मानौ एउटा कैदीलाई यातना दिदै छ। म तेसको शिकार हुदै छ। कुरूप अनुहारको रौं ले मेरो मलिम गालामा सियोले रोपे झै धोच्दै थियो। मेरा कलिला साना हातले प्रतिकार गर्दै गर्दा मलाई चिलले कुखुराको चल्लो लुछे झै गरि लुछ्दै थियो।

आकाशमा पन्छि झैं स्वतन्त्र, उन्मुक्त अनि स्वच्छन्द ! उडेकी म , आज गिद्धको शिकार हुदै थिए। साघुरो बन्द कोठा भित्र मेरा बाल अविकासित अंगहरू भत्किदै जादा मेरा रंगीन सपनाहरू धमिल हुदै अध्यारोमा हराउदै गए , एका एक। मेरो शरीर, मेरेा नियान्त्र भन्दा बहिर गएर थर्थराउन थाल्दै थियो । आखाको डिलमा आसुका डिक्का संगै अध्यारो भएर आयो। रिंगटा लागेर दिशाहिन उडिरहेकी थिए। हात खुट्टा लर्थक लर्केर थाकित थिए। म भाग्ने प्रयास गर्दा मेरा खुट्टा एक छिन दरिन्छन। अनि फेरि उसै गरि लुलिन्छन। कयौ पटक भाग्ने कोसिसमा पल पल मर्दै थिए। अंह! पट्क्कै त्यो चिलको पन्जाबाट उम्किन सकिको थिईन। यसरी कठोर धरातलमा उभिएको बेला बिकल्पको खोजीमा मेरो खुट्टाले उसको छातीमा बज्रार्छु। खोरको एउटा कुनामा गएर ठोकिन्छ तर फेरि म माथि झम्टिहाल्छ। म खोरबाट भाग्न खोल्दै गर्दा चिच्याए। मेरो मुख भित्र जबरजस्ती कपडा खादिदियो। “चिच्याउछेस्…!! लु चिच्या…!!! झन माया गर्दा नाटक पो गर्दिरहेछ।” एक छिन पछि फेरी बोल्यो “हेर ! मैले भनेको मान” ।

स्वर अलिक शान्त पार्दै कानमा मुख राखेर फकाउन थाल्यो। “तलाई धेरै मिठाई र खेलाउना किन्दिन्छु”। “फिलिम हेर्लास् “। नया लुगा पनि लाउलास।

“चाहिदैन तेरो खेलाउना”। भन्न त खोजे तर बोल्न सकिन। मुखको कपडाले गर्दा सास भित्र लिन र बाहिर फाक्न गाह्रो भईरहेको बेला उसको हात फेरी मेरो खुट्टा हुदै माथि आउदै थिए।

“थुक्क कुकुर ! त जस्तो पनि हुन्छ र मेरो अंकल” ?।आखिर एउटा मन त थियो कुरा गर्नलाई। त्यहि मनलाई पनि चुडेर लान खोज्दै गर्दा मन मनै बोले। म सधै अंकल भन्थे। बुबाले भाई भन्थे तर आफ्नै भाई चै होईन। थर चै तामागं हो, नाम चै थाहा भएन। हाम्रो घरमा प्रया बुबा संग बसेर रक्सी पिउन आईरहन्छन। मलाई काखमा राखेर गालामा सुमसुमाउन्थे। छोरी भन्थे। मलाई पनि आफ्नै अंकल झै लाग्थो। हाम्रा मा आउदा मलाई केहि न केहि ल्याईदिन्थे। फेरी उसै गरि काखमा राख्थे र भन्थे “तिमी पुतली झै राम्री छौ”। म फुरूक्क भएर काखमा लुटुपुटी गर्थे।

घामबाट आएका किशोरी किरणहरु सबै भन्दा पैले मेरो शरिरमा आएर खेल्दै गर्दा मन फुरूगां भएर मेरो शरिरको आकारले परिवर्तन गर्दै थियो। मेरो योनी सुनिए झै भएकी थियो। पिसाब फेर्दा पोल्थो। जिउ भारी भएको बेला सुत्न मात्रा मन लाग्थो। म चौध बर्षमा टेक्दै गर्दा मेरो योनीबाट एक्कासी रगतका धब्बाहरू कपड़ामा टाटा भएर देखियो। डर र त्रासको बिच कसैलाई भन्नै आटै गरिन। म मा शारिरक पिडाको कष्टलाई छोप्दै गर्दा अन्नत: मेरो बाऊले थाहा पाए। मलाई घर पछाडीको बाख्रा बस्ने खोर छेउमा राखिदिए। न कसैले देख्थो न त घामको किरण मेरो अनुहारमा आएर चम्किन्थो। चैरै तिर घासले बारिएको सानो कोठामा राखियो। मेरो मन आतियो। बाख्राको बटक्यौलाको गन्धले घेरिएको थिए। सूर्यको प्रकाशले धर्तीलाई बिदा गर्दै गर्दा जुनलाई रातले स्वागत गर्दै थियो। सॉझको बत्ती पनि मेरो आखाले देख्न पाएन। जुनको ज्योति कालो बादलले सलक्क निलिदिको बेला अंकल बिस्ताकै छामछुम गर्दै आईपुगे। अंकललाई देख्न बितिक्कै आँसु रोक्न सकिन। भक्कानेर अंगाल्ल पुगे। अंकलले पनि लपक्क छातीमा टासे। म सुक्क सुक्क गर्दै गर्दा मलाई किन यहाँ राखेको भनि सोधे। अंकलले मेरो गालामो चिमोट्दै भने “तिमी अब केटाकेटी रहेनौ, आज देखि ठूली भयौ । यी हेर त तिम्रा छाती” भन्दै हातले मसार्न थाले।

मैले के गरेको अंकल भने। “तिमी कति ठूली भईछौ भन्दै हेरेको नि। आह! साच्चै ठूली भईसकेछौ” भन्दै मेरो साना टुसा पलाएर हुर्किदै गरेको कोपिलामा खस्रा हात दल्न थाले। मलाई असजिलो हुदै जादै थियो। रात छिपिदै अन्धकारमा जुनकेरीहरूले धिप धिप बत्ती बाल्दै घुमिरहेका थिए। म जल्दै थिए आगोको राप भित्रको तातो भूमरीमा । मेरो योनीमा बिजुलीको मुस्लो झै झट्काले भतभती पोल्यो। असहाया कष्ट खप्दै गर्दा पिडाले बिहोस भए। उफ! केहि थाहा पाईन। रात कुन बेला निस्कि सकेछ। पत्तै पाईन। त्यो कालो रात पछिको बिहानीमा छटपटी रहेको थिए।

कुखुराका चल्लाहरू भूईमा चुच्चोले चारो खोज्दै गर्दा मकैका दानाहरू हवार..हवारती फ्याकी दिए। खै कसले फ्याकीदिए। बाउले त फ्याके होला नी। मन मनै सम्झे। मैले त कसैलाई हेर्नु पनि नहुने भनेका थिए, झन लोग्ने मान्छेलाई त हेर्नै नहुने र?। मकैका दाना देखे पछि अरू कुखुराहरू पनि आएर मिसिए। कुखुराहरू कति स्वातन्त्र छन हगि ।म पनि कुखुरा हुन पाए हुन्थो जस्तो लाग्यो। कम्तीमा खुल्ला धर्तीमा रमाउन त पाउन्थे। मन हावामा उडेको बेला मेरो दुईटा खुट्टाको बिचबाट चार पाँच थोपा आलो रगत तप तप चुहिदै थियो। घामको उज्यालोमा टलक्क टल्कियो। रगतका टाटा देख्न साथ म झसंग झस्के। डरले बिहोस होला झै भयो। यो आपतमा कसलाई भन्ने , कसलाई सोध्ने ? बिस्तारी सम्महालिदै कुर्ताले पुछे। कुर्ता रंगियो मेरो योनीको रगतले। हात र खुट्टालाई खुल्ला छोडी दिए। हल्लाउन खोज्दा कुजियो। लर्थाक भूईमै घिस्रिए। त्यो दिन भरि जसो उठ्नै सकिन। प्रत्येक रात मेरा आखाका बिम्बहरू सुस्ताएका थिए। फेरी त्यो अंकल आउछ होला भन्ने डर र पिडाले थरथरेर थाकेको बेला बल्ल रजस्वलाको दिनहरू कटाए। घन्न त्यो राक्षस अंकल आएन।

बिहानीको सूर्यलाई नमस्कार गरेर स्कूल जान सुरू गरे। स्कूलमा खासै मन नै अडिएन। एक दिन स्कूलको बाटो लुकेर बसेको रहेछ। देख्न बितिक्कै सात्तो बिहोस भए। चिच्याउनै सकिन। मुख थुनेर बाटो मुनतिरको खमारीको रूखमा लगेर मेरो शरिरको मासु उसै गरि लुछ्न थाल्यो। त्यो दिन पनि उसको शिकार भए। आँखा वरिपरि घटानाका चित्कार दूश्याहरू फनफनी गुमीरहेको थियो। स्कूलमा एकोहोरेर टोलाई रहदा मिसले मलाई नियाली रहेको हुन्थिन। कसैले बोलायो भने म तुरुन्त मुस्कुराई हाल्थे । लजालु पनि थिए , सधै हाँसी रहन्थे। कसैसँग धेरै कुरा गर्दिन थिए । मिस छक्क पर्नु हुन्थो। एका एकको परिवर्तनले मिसलाई शिर उठाएर हेर्नै सकिन। कक्षा कोठाका सबै केटाहरूलाई अंकल देख्न थाले। सबै केटाहरूलाई धूणाको द्रश्यले हेर्न थाले। म प्राय कसै संग बोल्दिन थिए। बोल्न खोज्यो कि डरले काम्न थाल्थे, लग…..लगग…..। मेरो दिनौको किर्याकल्प र एक्लोपन देखेर मिस नजिकिन खोज्नु हुन्थो । मिसलाई केहि भनिन। न त मसंग केहि भन्नै आट र शक्ती नै थियो। अरूलाई भन्दा मलाई थप समय र चासो दिन थाल्नु भयो । स्कूलको होमवार्क नगर्दा पनि माया गर्नु हुन्थो । स्कूलको परिक्षा नजिकिदै थियो। सबै जाना परिक्षाको तयारी गर्दै थिए। मिसले सधै झै पाठ पढाउदै हुनुहुन्थो । म धुमधुम्ती घोप्टो परेर बसी रहे। क्लास फनफनी घुमीरहेको थियो। मिसलाई सानो सानो डल्लो आकारको वस्तु देख्न थाले। आँखा धमिलिदै गयो। एकै छिनमा हवाल ..हवालती बान्ता आयो। सबै क्लासको साथीहरू चिच्याउदै मिसलाई बोलाएको मात्रा अलि अलि थाहा छ। बिहोस भएर भूईमा ढलेछु। बिस्तारै आखा खोल्दा मिस…….मिस भन्दै चिच्याउदै रूदै थिए। मिस पनि मेरो टाउको छेउमा बसेर मेरो कपालका सा-साना केस्राहरू खेलाउदै हुनुहुन्थो। सपनाबाट बिउझें झै भयो। मिसको हातमा च्याप्प समाते। डरले थरथरेका ओठ बाट शब्द बाहिर निस्किन खोज्दै थियो। म दबाउन खोज्दै थिए। आँखाका डिलबाट आँसु टिलपिल गर्दै गर्दा नर्सले दवाई लिएर आउनु भयो। बल्ल थाहा पाए म त अस्पतालमा पो रहेछु। नर्सले मुखमा दवाई र पानी राखिदिनु भयो । मिसले मलाई हेर्दै टाउको हल्लाउनु भयो।

नर्स बाहिदै गर्दा मेलै मिसलाई सोधे। “मिस मलाई के भा को छ र ? किन अस्पताल ल्याएको?” निरास र मौनतालाई चिर्दै मिसको बोली फुट्यो। “तिमी तिन महिनाको गर्भवती भएको छौ”। वास्तवमा मलाई गर्भवती भन्ने शब्द नै थाहा थिएन। कुनै सामन्या रोग होला भन्ने सोच्दै गर्दा फेरी मिसलाई सोधे।

“यो गर्भवती भनेको के रोग हो मिस”? मिस अकमक्क पर्नुभयो। लामो सुस्केरा लान्दै भन्नुभयो। “तिमीलाई कसैले जर्वरजस्ती गरेको थियो? त्यो को हो भन ? नडराऊ, म छु तिम्रो साथमा?” मिसको प्रश्नहरू आकाश बाट बर्सेका पसिनाहरू झै बर्सिरहदा म मौन मुर्ती झै अडिएको थिए।

मिसले झगझ्याक्याउदै आक्रोशमा बोल्नुभयो। “ तिम्रो पेटमा बच्चा हुर्किदै छ र तिमी आमा बन्दै छौ। भन, को हो त्यो मान्छे!?” मिसको आक्रोश सकिन नपाउदै मेरो मुखबाट “ अंकल ….., अंकल शब्द निस्कियो।

मिसले “को अंकल हो ?” भनि सोधे पछि त्यो कालो रातको सबै धटनाहरू सुनाए। मिसले तुरून्त बाऊलाई बोलाउनु भयो। बाऊ आतिदै अस्पतालमा आए। मलाई अंगाल्लो हाले। त्यो तामागं अंकलको गन्धले भरिएको थियो बाऊको शरिर। मैले बाऊको मुख पनि हेरिन। साच्चै भन्नु पर्दा मलाई बाऊ देखि घूणा थियो।

मिस संगको कुराकानीमा बाऊले भने, “म चाहन्छु उसलाई कडाभन्दा कडा कारवाही होस् । उसलाई मृत्युदण्डको सजाय दिइनुपर्छ नभए आजीवन कारावासको सजाय भए पनि हुनुपर्छ । मैले भाई सम्झेको थिए तर गोमन सर्प रहेछ। कूतज्ञाता पोखीरहेका आँखाहरूले मलाई हिजोको आलो सम्झनामा फर्काउदै थियो। निमेष भरिलाई कायर हुन्छु म। मलाई एक छिन भारहिनताको अनुभव हुन्छ। सुनिदै गरेको पेट थिची मारी दिऊ झै लाग्छ त्यो राक्षसको भूर्मलाई। एक मनले भन्छ के दोष र त्यो अवोधको । मन आतंकित हुन्छ। कस्तो बिडम्बना ! उफ, …। भावना र बिचारहरूको लडाई हुदै गर्दा पुलिसहरू आछन। बाउ उठेर हात जोडछन। मिसले खबर गरेर आएका रहेछन। मलाई सोधपुछ गर्न थाले। मैले अतितलाई बर्तमानमा ल्याएर सबै भनिदिए। मिसले सास र आट भरिदिनु भएको थियो। अवोध मेरो अवस्था देखेर मिस भक्कानेर रून खोज्नु हुन्थो। पुलिसले अंकललाई जेलमा लगेको खबर मिसले नै सुनाउनु भयो। यता म दिन दिनै आमा बन्दै थिए।

 

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image