prem ko gajal
थुनिएँ मायाको जेलमा जानुछैन मलाई घर
मायालुको काखैमा मर्छु बाँच्छु उनकै छ भर
विरामी परे पनि ओखतीमुलो उनैले गर्छिन्
खुशीसाथ पिउँछु म दिए पनि उनले जहर
लठ्ठीले पिटून चाहे मेरो गाला नै चड्काऊन्
सहिदिन्छु म हाँसीहाँसी चाहे टुटेपनि कहर
भोकै राखे रहन्छु, प्यासै राखे पनि स्वीकार्छ
गुनासो म गर्दिनँ केही छैन अब कुनै डर
भूइँमा सुताओस् चाहे मखमलको ओछयानमा
तर उनको काखमा सुत्ने सदैव रहन्छ रहर