• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

पण्डितको जुँगा गानाको औषधी

एउटा गाँउमा लोकरञ्जुन नाम गरेका एक अपढ तर चलाक ब्राम्हण थिए । उसको चलाकीबाट सबै गाउँलेका मनमा यी ब्राम्हण बहुतै विद्वान हुन भन्ने विश्वास परेको थियो । गाउँलेहरू कथा पुराण तिनै ब्राम्हणबाट सुन्थे । चतुर्मासका दिन गाउँमा देवीभागवतपुराण लागेको थियो । व्यासासनमा बसी ती ब्राम्हण जुँगा मुसारी मुसारीकन जे पनि हो भन्दै पत्याई सुन्ने गाउँलेहरूलाई हँसाई हँसाईकन “लाटाका देशमा गाँडा तन्नेरी” बनी जे मन लाग्यो त्यही सुनाई रहेका थिए । त्यसैबेलामा आचार्य पास गरी घर फर्कंदै गरेका एक जना विद्वान पण्डित त्यहाँ आइपुगे । पुराण लागेको देखी एकछिन म पनि सुनेर जान्छु भन्ने विचार गरेर उनी त्यहीं विश्राम गरी पुराण सुन्न थाले । लोकरञ्जन ब्राम्हणले सार्है अशुद्धसँग पुराण बाचेको सुनी ती पण्डितका मनमा यस्ता ढोंगी मूर्खलाई सजायँ दिनु पर्यो् भन्ने लाग्यो । जब पुराण सकियो सबैले फूलप्रसाद लिए । ती विद्वान पण्डितले पनि फूलप्रसाद लिए ।त्यही बेलामा लोकरञ्जन ब्राम्हणले जुँगा मुसार्दा जुँगाको एउटा रौं खस्यो । विद्वान पण्डितले झटपट त्यस रौंलाई टिपेर आफ्नो धोतीको टुप्पामा पोको पारी बाँधे । त्यो देखेर कथा सुन्ने गाउँलेहरूले किन रौं पोको पारी बाँधेको भनी सोधे । त्यसपछि ती विद्वान पण्डितले भन्न थाले- “पुराणको अन्त्यमा कथा भन्ने पण्डितको जुँगा लिन सके भूत-प्रेत, वीर, गानो केही कुराले पनि सताउन सक्दैन । त्यसैले यो रौं लिएको हो ।” यति के सुन्नु थियो, पुराण सुन्ने हरूले धुइरेर लोकरञ्जन ब्राम्हणको जुँगा एक-एक गरेर उखालेर लगे । लोकरञ्जन ब्राम्हणको जुँगाको एउटा रौं पनि बाँकी रहेन । त्यसपछि ती विद्वान पण्डित ढोंगी मूर्खले सजायँ पायो भनी आफ्नो बाटो लागे ।

Suraj Shrestha

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image