• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Nepali Story जुनटिकि

मेरो जन्म जूनेली रातमा भएको थियो । त्यसैले वैज्ञानिकहरूले मेरो नाम जूनटिकी राखे । मलाई पनि आफ्नो नाम खुब राम्रो लाग्छ । सर्वप्रथम मलाई वैज्ञानिकहरूले खेलौनाको रूपमा जन्माए । म भित्र एउटा साउन्डबक्स राखिएको थियो । मेरो ढाडको पछाडि पट्टी ब्याट्री राख्ने ठाउँ थियो । त्यसमा ब्याट्री राखेपछि म सुरीलो भाकामा गीत गाउन सक्थेँ । एउटी सानी केटीको स्वर मेरो शरीरमा रहेको साउन्डबक्स भित्र रेकर्ड गरिएको थियो । ती केटीको नाम कि्रस्टिना थियो । उनी वैज्ञानिक डब्लु। डब्लु। एच। कि छोरी थिइन् । मेरो निर्माणकार्यमा अमेरिकी नेपाली फ्रान्सेली वैज्ञानिकहरू संलग्न थिए । मेरो नाम सर्वप्रथम प्रस्तावित गर्ने नेपाली वैज्ञानिक नै थिए । एकदिन वैज्ञानिक डब्लु। डब्लु। एच। लगायत दर्जनौं बैज्ञानिकहरुको बैठक बस्यो । ती वैज्ञानिकहरूले मेरो शरीरमा तराहरु जडान गर्नु भयो । मलाई ठुलो आकार दिनुभयो । म अब कि्रस्टिना जत्रै देखिने भएँ । म रिमोटबाट चल्थेँ । ठुला ढुङ्गाहरू उचाल्न सक्थेँ । टे्र माथि चियाहरु बोकेर सबैलाई चिया बाँड्न सक्थेँ । किस्टिनाको जन्मदिनको दिन उसले मलाई हाँगा माथिको फूल टिप्न लगाएकी थिई । उसले रिमोट थिची । मैले आफूभन्दा धेरै अग्लो रुखको हाँगाबाट फूल टिपेँ । किस्टिनाले आफैँले माला उनी । त्यसदिन सबै निम्तालुृहरुको अगाडि मैले उसलाई माला लगाइदिएँ । उसले मख्ख पर्दै मलाई धन्यवाद ! जूनटिकी भनी । सबैले रमाइलो गरी ताली बजाए । खाना खाइसकेपछि कोही गीत गाउन थाले कोही नाच्न थाले । कि्रस्टिना पनि नाच्न थालिन् म मात्र चुपचाप टोलाएर उभिएको थिएँ । कि्रस्टिनाले ूआऊू भन्दै मेरो हात समाई र मेरो शरीरमा रहेको बटन दबाई । म पनि कम्मर मर्काई-मर्काइ नाच्न थालेँ । मैले नाच्न थालेपछि साना-साना केटाकेटीहरुले पनि औंलो तेस्र्याएर मलाई देखाए । मैले बुट्टेदार जामा लगाएको थिएँ । मेरा हात गोडा र अनुहार पनि अरूको भन्दा धेरै भिन्न थियो । मेरो शरीरको लुगा अनौठो गरी सिलाईएको थियो । बटनहरु मेरो लुगा भन्दा बाहिर निस्किएका थिए । रिमोट थिचिेपछि कुनै पनि आदेश मेरो मस्तिष्कमा सन्चारित हुन्थ्योृ । जे काम गर्न अह्याइएको हुन्थ्यो शरीरको त्यही भाग सकि्रय हुन्थ्यो । कि्रस्टिना मेरो मिल्ने साथी दिई । म कि त कि्रस्टिना सँगै हुन्थेँ कि त प्रयोगशालामा हुन्थेँ । एकदिन म कि्रस्टिनासँगै स्कुल गएँ । उसले रिमोट थिचेपछि मैले सब गतिविधिहरू रेकर्ड गर्न थालेँ । कक्षामा पढाएका कुराहरू मेरो साउन्ड बक्स भित्र रेर्कड हुन थाल्यो । दृश्यहरू दृश्य सञ्चालन उपकरणले रेकर्ड गर्न थाल्यो । वास्तवमा म पहिले जस्तो गीत गाउने र नाच्न सक्ने गुडिया मात्र थिइन । कि्रस्टिनाका साथीहरूले मलाई माया गरेर रोर्बट रोबोट रोबो र रुबी पनि भने । माया गरेर साथीहरूले जे भने पनि म खुसी थिएँ । कि्रस्टिनाले उसको नाम जूनटिकी हो भनेर परिचय गराई । त्यसपछि उसका साथीहरूले पनि मलाई जूनटिकी भनेर बोलाउन थाले । । वास्तवमा म न केटा थिएँ न त केटी नै थिएँ । म हात गोडा भएको अत्याधुनिक मेसिन मात्र थिएँ । मेरो पहिरन र नामले गर्दा सबैमा म केटी नै हुँ भन्ने भ्रम पथ्र्यो । मेरो मस्तिष्क भित्र प्रशस्त तारहरु थिए । शरीर भित्र विभिन्न किसिमका उपकरणहरु थिए । मैले म जस्ता अरू रोबोटहरु देख्न पाएको थिइन । म जस्ता अरू पनि रोबर्टहरु हुन्छन् भन्ने कुरा मलाई थाह थिएन । एकदिन कि्रस्टिना सबेरै उठी र म नजिकै आई । उसको हातमा फूलका थुङ्गाहरु थिए । उसले मलाई जन्मदिनको शुृभकामना दिई । प्रयोगशालामा सबै वैज्ञानिकहरूले मलाई जन्मदिनको शुभकामना दिनु भयो । डब्लु। डब्लु। एच ले चाँदिको लकेट मेरो हातमा राखिदिनुभयो । मैले आफैँले त्यो लकेट लगाएँ । उहाँले भन्नुभयो ू बुझ्यौ जूनटिकी आज तिम्रो छैठौं जन्मदिन हो ।ू मेरो यसपालिको जन्मदिन प्रयोगशालामै वैज्ञानिकहरुको माझमा बित्यो । उहाँहरुले मेरो बारेमा नै चर्चा परिचर्चा गर्नुभयो । कसरी म माथि मस्तिष्क प्रयोग सम्बन्धी उपकरण राख्ने मलाई कसरी परिमार्जित गर्ने भन्ने विषयमा छलफल भएको थियो । कुनै आदेश बिना नै कसरी मलाई स्वचालित रूपमा काम गर्न सक्ने बनाउने भन्ने बारे कुरा गरिरहेको पनि सुनेँ । बेलुकी पख सबैले रमाइलो गरे । कि्रस्टिनाले मेरो थुप्रै फोटोहरू खिची – मैले फूल टिप्न लागेको फोटो म नाच्न लागेको फोटो कुसर्िमाथि बसेर कम्प्युटरबाट चित्रहरु बनाउन लागेको फोटो आदि । जूनेली रातमा मैले केक काटेँ ठुलो केकमा ूजूनटिकीू लेखिएको थियो । सबै जनाले रमाइलो गर्दै खानपिन गरे । एकदिन मलाई ठुलो रोबोट प्रर्दशनीमा लगियो । म जस्ता अत्याधुनिक मेसिनहरु त थुपै्र हुँदा रहेछन् । आफ्नै जमातमा घुलमिल हुन पाएर मलाई खुसी लाग्यो । त्यहाँ मेरो परिचय थुप्रै रोबोटहरु सँग भयो । एक्स वाई भन्ने रोबटलाई एक्स वाई भन्ने वैज्ञाािनकले बनाउनु भएको रहेछ । उसले कम्प्युटरबाट ठुला-ठुला मेसिनहरुलाई कन्ट्रोलमा राख्ने काम गर्दो रहेछ । अर्का रोबोट एम। एनेक्स चाहिँ प्रयोगशालामा गरहुँ उपकरणहरु उचालेर यता उति सार्दो रहेछ । त्यस्ता अरू थुप्रै रोबोटहरुसँग मैले भेट्ने मौका पाएँ । ती मध्ये एन।टि।एन रोबोट रोबोट मेरी क्लाउज स्मिथ ह््वाईट रोबोट ए बि सि रोबोट ए।न। एस। रोबोट आदि-आदि । मेरो नाम सबै रोबोट साथीहरूलाई अचम्म लाग्यो । ूजूनटिकिी ! तिम्रो नाम कस्तो राम्रोू भन्दै सबैले प्रशंसा गरे । त्यस रोबोट प्रदर्शनीबाट म घर फर्किएँ वैज्ञानिकहरुसँगै । मलाई अझै परिमार्जित गरिँदै छ । मेरो शरीरको सल्यकि्रया गरी एउटा कन्ट्रोल बक्स राखिने छ । त्यस कन्ट्रोल बक्समा मानिसको मस्तिष्कले जस्तै कुनै आदेश बिनानै स्वविवेक प्रयोग गरी काम गर्ने शक्ति हुनेछ । आशा छ म पनि एकदिन किस्ट्रिना जस्तै हुनेछु तिमीहरू जस्तै हुनेछु । धन्यवाद ! मेरो कथा पढिदिएकोमा । तिमीहरुले देख्न पाएका छौ कि छैनौ म जस्ता रोबोटहरुलाई । नमस्ते छ सबैलाई म जूनटिकी हुँ मेरो नाम जूनटिकी हो ।

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image