• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Nepali story माफ

आफ्नी भतीजीको विवाहको निमन्त्रणा कार्ड मोटरसाइकल चढेर बाड्दै हिँड्दा ठमेलमा एकजनाको घरमा पसेर निमन्त्रणा कार्ड बाडेर मूलगेटबाट बाहिर निस्कनासाथ बिरालोले बाटो काट्यो । बिरालोले बाटो काटेको आफ्नै आँखाले देख्ने बित्तिकै एकछिन हिड्न मन नलागेर त्यही उभिए । केही पर पुगेपछि ठमेलको सातघुम्ती जाने बाटोमा ट्राफिक प्रहरीले मलाई बोलाएर मोटरसाइकल रोक्न लगायो । “मोटरसाइकल रोकेर मलाई किन बोलाउनु भएको ?” मैले ट्राफिक प्रहरीलाई सोधें । “यो ओन वेको बाटोमा तपाईले मोटरसाइकल चलाउनु भएकोले मैले बोलाएको हुं खै तपाईको लाइसेन्स देखाउनुस् त ।” मैले आफ्नो सवारी साधन चलाउने लाइसेन्स र आफू काम गर्ने कार्यालयको कर्मचारी परिचयपत्र दुवै झिकेर देखाए । ट्राफिक प्रहरीले “लाइसेन्स मलाई फिर्ता दिएन कर्मचारी परिचयपत्र मात्रै फिर्ता दियो र मेरो नाममा कुपन काटेर लाइसेन्स वडा प्रहरी कार्यालय सोह्रखुट्टेमा गएर लिनुस् है” भने । “मैले आफ्नो दाजुको छोरीको विवाहको कार्ड धेरै घरमा लगेर आजकै दिनमा दिएर सक्नु पर्नेछ भोलिको विवाहको लागि । मेरो लाइसेन्स मलाई फिर्ता दिनुस् न । म एकपटक माफ नै माग्छु तपाईंसँग ।”आँखाबाट आँसु झारेर मैले बिन्ती गरेँ । “सोह्रखुट्टेमा गएर लिनुस्न लाइसेन्स !” “सोह्रखुट्टेमा कहिले गएर मैले मेरो लाइसेन्स लिन पाउछु त ?” “भोलि नै पाउनुहुन्छ” उसले उत्तर दियो । “भोलि मेरो दाजुको छोरीको विवाहले आफूलाई फुर्सद नै हुँदैन तपाईले मलाई माफ माग्दा पनि मेरो लाइसेन्स फिर्ता दिनु भएन । म पनि तपाई जस्तै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी हुं मेरो कर्मचारीको परिचयपत्र तपाईले हेरिहाल्नुभो कुनै दिन तपाईको पनि मैले काम गर्ने कार्यालयमा काम पर्यो भने तपाईलाई नझुलाएर कहाँ छाड्छु र ?” मैले भने ।

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image