कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने,”सीतारामजी, तपाईलाई म आज बियर खुवाउँछु । तपाईले बियर खान सक्ने जति खुवाउँछु है ।” सीतारामले उत्तर दिए,”सर मैले बियर खान छाडेको दस वर्ष बित्यो । म बियरको सट्टामा कोकोकोला वा कुनै अरु पेयपदार्थ खान्छु ।” कृष्णप्रसादले भने,”त्यसो भए म तपाईलाई कोकोकोला नै खुवाउँछु ।” तर सीतारामलाई उनले कोकोकोला खुवाएनन् । सीतारामले अफिसमा अन्य साथीहरूलाई सुनायो,”मलाई कृष्णप्रसाद सरले बढुवा भएको उपलक्ष्यमा बियर खुवाउँछु भन्नुभएको थियो । मैले कोकोकोला नै खुवाउनु भए पनि हुन्छ भने । तर उहाँले खुवाउँन मान्नु भएन ।” “तपाईले बियर खानु हुँदैन भन्ने थाहा पाएर कृष्णप्रसाद सरले तपाईलाई बियर खुवाउँछु भन्नुभएको होला नि ! त्यति पनि बुझ्नु भएन ?” भनेर अर्का साथी हरिप्रसादले भने । आफ्नो सोझोपनालाई सरले ठट्टाको विषय बनाएको थाहा पाएर सीतारामलाई साह्रै नमज्जा लाग्यो । सीतारामको आँखाबाट मलाई सरले उडाउनु भएको पो रहेछ भनेर आँसु बग्यो ।
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*