कार्यालय छुट्टी भएपछि रमेशले आफ्नो घर पैदल फर्कदैँ गर्दा हात्तीसारमा पुगेपछि एकजना अपरिचित व्यक्तिले रमेशलाई बोलाएर, “दाइ, लैनचौर जाने बाटो कुन हो ?” भन्यो । “ए, त्यसो हो भने म पनि लैनचौर हुँदै आफ्नो घर फर्कन लागेको छु, तपाई मसँगै हिँड्नुस् लैनचौर पुगिन्छ,” रमेशले भने । “दाइ, तपाई कहाँ काम गर्नुहुन्छ नि ?” अपरिचित व्यक्तिले रमेशलाई सोध्यो । “गृह मन्त्रालयमा,” रमेशले भने । “मैले जागिर कतै पाउन सकिन पाइन्छ भने कतै जागिर लगाइदिनुस् न,” अपिरिचित व्यक्तिले अनुरोध गरे । “कति पढ्नु भएको छ नि ?” रमेशले सोधे । “बी.ए.सम्म ।” “तपाई जागिर खान चाहनुहुन्छ भने लोक सेवा आयोगको विज्ञापन खुलेपछि दरखास्त दिनुस् । तपाई बी.ए.सम्म पढ्नु भएकोले ना.सु. र खरिदार पदको विज्ञापन खुलेपछि दरखास्त दिएर लड्न पाउनुहुन्छ,” रमेशले भन्यो । “ना.सु. र खरिदारको दरखास्त कहिले खुल्छ नि,” अपरिचित व्यक्तिले अर्को प्रश्न सोधे । “हरेक बुधबारको गोरखापत्र हेर्नुस् न विज्ञापन खुलेको थाहा पाइहाल्नुहुन्छ,” नि रमेशले उत्तर दिए । “म आज तपाईको घर हेर्न जान्छु नि त,”अपरिचित व्यक्तिले जोड गरे । “मेरो घर किन हेर्न खोज्नु भयो नि तपाईले ? ” रमेश सशंकित बने । “कहिलेकाही तपाईलाई भेट्न आउन सजिलो हुन्छ नि,” अपरिचितले उत्तर दियो । अपरिचित व्यक्तिले त्यसो भनेपछि रमेशले मन खेलायो,“मैले मेरो घर लगेर देखाएपछि आज म तपाईकै घर बस्छु भन्ने त होइन यसले ?” “म एकछिन यतै अल्मलिन्छु तपाई आफ्नो बाटो फर्कनु,” रमेश छलिन खोज्यो । “म तपाईलाई कुरेर बस्छु नि तपाईको घर नहेरी मलाई जानै मन लागेन,” अपरिचित व्यक्तिले भन्यो । उसले त्यसो जिद्दी गरेपछि रमेशले “लैनचौर जाने बाटो कुन हो भनेर शुरुमा मसँग तपाईले सोध्नु भएको होइन ? लैनचौर त यही हो । मेरो घर यहाँबाट टाँढै छ । म आफ्नो बाटो लाग्छु, तपाई यही बस्नुस्,” भन्दै रमेश बाटो लाग्यो ।
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*