लोडशेडिङ् भएको रातको समय रमेशको घर लुटिएछ । भोलिपल्ट बिहान कुखुराको भाले बासेर उज्यालो भएपछि टोलका मानिसहरूले रमेशको घरमा लुटेराहरू आएर घरमा राखेका आवश्यक सामान नगद र गरगहना लुटेर लगेको घटना थाहा पाए । सो घटना थाहा पाएपछि यस्तो घटना त यस टोलमा कसैको घरमा पनि आजसम्म कहिल्यै हुन सकेको थिएन भन्दै एकआपसमा कुरा गर्दै थिए । लुटेराहरूले आवश्यक सामाग्रीहरू सबै लुटेर लग्न सफल भएका थिए । टोलका बासिन्दा कृष्णप्रसादकी श्रीमती राधा गुन्गुनाउन थालिन्,”रमेशको घरमा आज राती लुटेराहरूले घरमा राखेको सामान, नगद र गरगहना कसरी लैजान सकेको होला ? कुनै दिन हाम्रो घरमा आएर पनि सामान, नगद र गरगहना चोरेर लैजाने त होइन ?” “हाम्रो घरमा भएका नगद र गरगहनालाई कुनै बैंकमा लगेर राखौं न त सुरक्षाको लागि,” कृष्णप्रसादले भने । “के गर्ने बेला बेलामा बैंकमा पनि अज्ञात व्यक्तिहरूले खुकुरी र पेस्तोल लिएर गइकन बैंकमा राखिएका नगद र गरगहनाहरू लुटेर लैजान सफल भएको समाचार मेरै कानले कतिपटक सुनिसकेको छु,” राधाले उत्तर दिइन् ।
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*