• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepali लघुकथा समाधान

"लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई ।” आयोगका अध्यक्षले छनोट समितिलाई फोन रिसिभ गरिसकेर भने । “हामीले नाम तयार पारेर परिणाम घोषणा गर्न मात्र बाँकी थियो । यस्तो अवस्थामा अब कसको नाम कटाउनु होला ?" अन्तर्वार्तामा सामेल एक सदस्यले अलिक चिन्ता भएजस्तो गरी भने । “हेर्नुहोस् जसरी भए पनि मन्त्रीजीको सिफारिसलाई हामीले बेवास्ता गर्न मिल्दैन । जसरी पनि समावेश गर्नै पर्छ ।” अध्यक्षले बडो लाचारीका साथ कुरा राखे । यसरी अध्यक्षले नै भनेपछि अन्तर्वार्ताटिम पनि तयार भइसकेका नामहरुमा लाग्यो पुनः विचार गर्नतिर । "यो कुमारप्रसाद भन्ने मान्छे प्रधानमन्त्रीकै हो यसलाई हटाउने कुरै आएन ।" "यो धनबहादुर भन्ने मान्छे चेयरम्यानबाट सिफारिस भएको हो । उसलाई हटाउने ता झन् कुरै भएन ।" गिरिधन भन्ने कसको सिफारिसमा आएको नाम हो भन्नेबारेमा निकै सोधपुछ भएपछि ऊ पनि विपक्षीदलका नेताबाट आएको बुझेपछि हटाउन नसकिनेमा टुङ्गो लाग्यो । “यो गौरवकुमार मेरा आफ्नै साला हुन् ।” एक जनाले भने । "अनि यी विमल यादव मेरा आफन्त हुन् ।” अर्का सदस्यले तत्काल भने । "ती पाँच जना मेरा हुन् ।" यसै बेला अध्यक्षले पनि भने । "उसो भए कसरी एडजस्ट गर्ने होला । यता जनजातिको कुरा छ । आरक्षणको कुरा पनि छ । त्यसरी आएकाहरुको नाम काट्नु भनेको ता झन् तातो खरानीमा टेक्नु जस्तो भा छ अचेलभोलि ।" अन्तर्वार्ता समिति नै बडो अन्योलमा पर्यो । मन्त्रीको मान्छे अब कसरी एडजस्ट गर्ने त हँ !! “लु यसको नाम काटौं । एक नाम देखाउँदै एक जनाले उपाय निकाले । कसैको सिफारिस र आरक्षणमा पनि नपरेको तर अति नै ट्यालेन्ट कमल शर्माको नाम काट्नेमा सबैको सहमति हुन लाग्दा एक जनाले शङ्का प्रकट गरे "यो ता हरेक रुपमा अब्बल हो नि कसरी काट्नु होला र !!” तत्काल अध्यक्षले भने- "यो सारै ट्यालेन्ट छ कतै न कतै यसले पाइहाल्छ नि । लु यसैको नाम काटौं ।” समाधान हुने उपाय देखेर अध्यक्ष बडो हँसिलो अनुहारमा देखिए र भने- "लु चाँडै गरिहालम नत्र फेरि कुनलाइ काट्ने बखडा अाउन सक्छ........!" समस्याको सबैभन्दा सजिलो समाधान नै सबै भन्दा गतिलाे क्यान्डिडेटलाइ हटाएर किस्कियो । यसमा समिति पनि सहमत भो र कमल शर्माको नाम काटियो । अनि मन्त्रीका मान्छेको नाम एक नम्बरमा राखेर नतिजा सार्वजनिक गरियो ।

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image