एक
यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् ‘जिन्दाबाद!’ र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।
दुई
देशमा शान्ति बहाली गर्न भनी बिभिन्न समूहले बृहत शान्ती र्यालीको आयोजना गरे । र्यालीमा बिसाल जन सहभागीता भए पछी सो सफलताको ‘जश’ कसले लीने भन्नेमा भनाभन र बाद बिबाद भयो सोहि क्रममा मुठभेड र झडप हुदां एक सय भन्दा बढि मानिस र्घाईते भएको खबर साँझको पत्रिकामा निस्क्यो ।
तीन
आफ्नो देश भनेपछि हुरुक्कै हुने र देश भन्दा माथी केहि पनि हुनै नसक्ने बताउने केहि समूहले देशकोलागी ‘एक’ हुने ऐतिहासिक निर्णय गरे । देशलाई स्थाईत्व दिने र प्रगतिपथमा लम्काउने यौटा बेजोड योजना पनि आफूसंग भएको कुरा एकताबद्घ समूहका नेताहरुले प्रेस विज्ञप्ती मार्फत पत्रकारहरुलाई जानकारी गराए । पत्रकारहरुले उक्त "बेजोड योजना" को बारेमा अलि बढि प्रकाश पार्न अनुरोध गरे । एकताबद्घ समूहका नेताहरुले एकैछिन कानेखुशी र बिचार बिमर्श गरे अनी सो योजना हाल स्विकृतिको लागी बिदेश पर्ठाईएको र बिदेशबाट पारीत भएर प्राप्त हुनासाथ तुरुन्तै र्सार्बजनिक गरीने बताए ।
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*