• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

सफल लेखक nepali लघुकथा

उसलाई सानै देखि साहित्यमा एकदमै रुचि थीयो। उमेर र अनुभवहरु बढ्ने क्रममा उसको पढ्ने रुचि बिस्तारै लेख्‍नेतर्फ पनि मोडियो ।

आफ्नो देश, भाषा र संस्कृति प्रति अगाध प्रेम र लगाव भएकोले उसको रचनाहरुमा पनि देश-प्रेम, सौन्दर्यचेत र सामाजिक भावहरु प्रष्ट भेटिन्थे । उ यस्तै सामजिक भावना र देशप्रेमको वारेमा कथा, कविताहरु लेख्थ्यो: “हिमाली छाया”, “नेपाली माया” “सुनौलो बिहानी” आदि आदि । तर सम्पादकहरु उसका रचना पढ्न अल्छी मान्थे, पत्रिकाहरुमा उसको कविताले ठाउँ पाउँदैनथे र उसका रचनाहरु आफ्नै डायरीमा मात्रै सीमित थिए ।

बिस्तारै उसले बजारमा चल्ने साहित्यमा कलम चलाउन थाल्यो र अधुरो बिषय, असम्भव शीर्षक र बेमेल कथनहरुलाई आफ्नो रचनामा उतार्न थाल्यो : “हिंसक बुद्ध”, “खुकुरी काट्ने अचानो”, “लंगडाको जुत्ता” आदि आदि। अब बिस्तारै प्रकाशन गृहहरुमा उ चिनिन थाल्यो, पत्र-पत्रिकामा फाट्ट-फुट्ट उसका रचनाहरु छापीन थाले र उ ‘राम्रो लेख्‍ने’मा गनिन थाल्यो ।

हिजोआज, उसको कविता भन्दा कविताको शीर्षक लामा हुन्छन। उसको कथाको पहिलो अनुच्छेद र दोश्रो अनुच्छेदमा कुनै तारतम्य भेटिन्नन। उ निबन्ध जस्तो कविता, कथा जस्तो गीत र सम्बाद जस्तो समिक्षा लेख्छ ।

 

आजकल उ अमूर्त सर्जक  दर्शन-लेखकको नामले चिनिन्छ र सामान्य मानिसको दिमागबाट छिर्न हम्मे हुने शीर्षकमा रचनाहरु लेख्छ: “चीसो आगो”, “लाटोकसेरोको सपना”, “भिसेनको पाखुरा र जंगली च्याँखुरा” आदि आदि। उसका रचनाहरु सम्पादकहरु मागी मागी छाप्छन, प्रबुद्धवर्गहरु खोजी खोजी पढ्छन र उसले कैयौं प्रशंसापत्र र पुरस्कारहरु पनि पाई सकेको छ ।

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image