• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepali story अहंकारको मन्दिर

त्यहाँ यौटा मन्दिर बन्दै थियो। गाँउमै धार्मिक र समाजसेवी भनेर चिनीएका एकजना भलादमीले आफ्नै निजि खर्चमा सो मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

एक दिन यस्तै छिटो काम गर्ने हतारोमा यौटा डकर्मीले मन्दिरको सीढीं नै अलिकता बाङ्गो बनायो । डकर्मीले डराई डराई सो कुरा ति धार्मिक व्यक्तिलाई बतायो । “सीढीं अलिकता बाङ्गो भएर के भो र?, तल माथी गर्न मिले त भै गो नी … ” उसले निक्कै सरलताका साथ डकर्मीको गल्तिलाई पन्छायो ।

अर्को दिन कामको चटारोमा टुँडालमा कुदीएको बुट्टा नै बिग्रियो, तर सिकर्मीले माफी माग्नु अगाडी नै ति भलादमीले “… काम गर्दा गल्ति त भै हाल्छ नी, … यसलाई पछि सुधारौंला नी …” भनेर सिकर्मिको ढाडस बढाए ।

उता निश्चित दिनमै मुर्ती अनावरण नगरी नहुने उच्च दबाबमा मुर्ती कुँद्‍दा कुँद्‍दै मुर्तिको आँखा पनि सानो ठुलो बन्यो । शान्त स्वभावका ति भलादमीले उल्टै “शास्त्रले पनि भावे हि बिद्येते देवो … भनेर भाव मै जोड दिएको छ, मुर्ती त केवल यौटा प्रतिक मात्रै त हो नी !” भनेर मुर्तिकारलाई आश्वस्त बनाए । मन्दिर निर्माणमा लगेका सबैजना उसको विद्वता, शान्त स्वभाव, धार्मिक आस्था र शास्त्रीय ज्ञान देखेर ओतप्रोत भएका थीए ।

त्यस्तैमा निश्चित समयमै मन्दिर बन्यो र मुर्ती पनि स्थापनाकोलागी तयार भयो ।ति धार्मिक व्यक्तिले देशकै ठुलो नेतालाई ल्याएर मन्दिरको धार्मिक उत्सबकासाथ अनावरण गराउन लागेका थिए । नभन्दै तोकीएको दिनमा देशका उच्च पदस्थ नेता आए र मन्दिर अगाडी बनेको शिलालेखबाट रातो कपडा हटाएर सो मन्दिरको उद्घाटन गरे ।

ति धार्मिक व्यक्तिको नजर अचानक सो शिलालेखमा कुँदीएको आफ्नो नाममा पुग्यो, छिना अलि बढि मारीएर त्यसमा उसको नाम अलिकता धमिलो र अस्पष्ट भएको रहेछ । यो देख्‍ने बित्तीकै तिनको ब्रह्माण्ड खल्बल्लीयो र रिसले तिनको आँखा राता राता भए। अनी रिस थाम्नै नसकी तिनि मुठ्ठी बटार्दै कराए “ हैन! यो कसले लेखेको हो?,  हात बाङ्गीएको …आँखा फुटेको …” ।

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image