हाकिम :- मेरो हावाइजहाजमा ५० वटा इटा छन र मैले एउटा तल फ्याली दिए भने कती वटा बाँकी रहन्छन ????
शेरे :- ४९ वटा
हाकिम :- तीन वाक्यमा भन हात्तीलाई फ्रिजमा कसरी राख्नु ????
शेरे :- १ फ्रिज खोल्नु,२ हात्ती लाई तेस्मा हाल्नु,३ फ्रिज बन्द गर्नु
हाकिम :- अब ४ वाक्यमा भन,हरिनलाई फ्रिजमा कसरी हाल्नु ???
शेरे :- १ फ्रिज खोल्नु,२ हात्तिलाई बाहिर निकाल्नु,३ हरिनलाई भित्र हाल्नु, ४ फ्रिज बन्द गर्नु ।
हाकिम :- आज जंगलमा सिंहको जन्मदिन मनाउदैछन,सबै जनवारहरु उपस्थित छन तर एउटा छैन,त्यो कुन जनवार हो ???
शेरे :- त्यो त हरिन हो,जुन फ्रिजमा बन्द छ ।
हाकिम :- एउटा मान्छेले गोही नै गोही भएको तलाउ कसरी पार गर्यो ???
शेरे :- मज्जाले पार गरिहाल्छ नि,सबै गोहीहरु सिंहको जन्मदिनको पार्टी मनाउन गएका छन ।
हाकिम :- ठीक छ,अब अन्तिम प्रश्न सोध्छु , त्यो तलाउ तर्ने मान्छे कसरी मर्यो ????
शेरे :- त्यो.......तलाउमा चिप्लियो होला,कि डुब्
हाकिम :- गलत, साले गधा,अगी हावाइजहाज बाट मैले फ्यालेको इटाले लागेर मर्यो नि . यही त समस्या छ,तँ आफ्नो काममा अलिकती पनि ध्यान दिदैनस तेरो दिमाग अरु तिरै पुगिरहन्छ,अलिक आफ्नो काममा ध्यान दिने गर बुजिस । . . .
शिक्षा :- तिमी जतिसुकै राम्ररी काम गर का यदी हाकिमले तिमीलाई दोस दिने निर्णय गर्यो भने जसरी पनि दिन्छ