• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

यमलोक मा जिउदो मान्छे nepali story

एउटा हात्ती नर्कलोक पुगेछ । गजराज र यमराजको बडो अपूर्व संगम भयो । यमराजलाई अचम्म लाग्यो । राँगो छोडेर अब यसकै सवारीगर्छु भन्ने सोच पलायो । सोचे –– मेरो पर्सनालिटी अनुसार यसको ज्यान पनि छ । निकैबेर घोरिएर यमराजले प्रश्न गरे, “ए हात्ती ! तँ यति ठूलो भएर पनि कसरी मान्छेको दास भइस् ? ती मुला झ्यासहरूलाई त तेरोसुँढले नै बजाउन सक्थिस्, किन नालायक भइस् ? कमजोरीको पाटो के हो ?” हात्तीले बडो भावुक हुँदै भन्यो, “प्रभु ! मान्छे निकै चतुर प्राणी हो । उसको दिमाग निकै अगाडि छ ।म बबुरो के गर्न सक्थेँ र !” यमराजले हडबडाउँदै भने, ” निकै चतुर ? मैले त यहाँ यमलोकमा आउने कुनै पनि मान्छे तैँले भनेजस्तो चतुर देखेको छैन त । सबै रुन्चे,ख्याउटे पकलण्ठुहरू मात्रै देख्छु त ।” हात्तीले गम्भीर हुँदै भन्यो, ” त्यसो भए तपाईं जिउँदो मान्छेको फेलान परेर हो सरकार ! यहाँ आउने मरेका मान्छेहरु त के गरून् ? कसरीचतुर होऊन् ?” यमराजको पारो तात्यो । आक्रोशित हुँदै भने, “तँलाई मरन्च्याँसे ! मसँग यस्तो कुरा गर्ने ?” उनले तुरुन्तै आदेश दिए, “हे यमदूतहरू ! जाओ, पृथ्वीबाट जिउँदो मानिस लिएर आओ ! आज म यही नाथे हात्तीको अगाडि जिउँदोमान्छेको खुबी हेर्छु !” “जो आज्ञा महाराज !” यमदूतहरूले तुरुन्तै पृथ्वीलोकको बाटो तताए । कसलाई लाने होला ? सोच्दै थिए । मंसिर, पुसको घाममा आँगनमा खाट हालेर मस्तसुतिरहेका चिरञ्जीवी पन्नितलाई देखे । यमदूतहरुले आपसमा सल्लाह गरे, ” हेर यो पन्डित ! बाघझैं मस्त घुरेर सुतिरा’छ । यसैलाईउठाएर लैजाऊँ । टन्टै साफ !” चिरञ्जीवी घुरिरहे, यमदूतहरूले एकछिन कुरिरहे । मस्त निद्रामा छ, एकछिन उठ्दैन भन्ने लागेपछि यमदूतले चिरञ्जीवी सुतिरहेकोखाटसहित उठाएर यमलोकतिर उडे । आकाशमार्गमा उडिरहेका यमदूतहरू बडा सतर्क थिए । सकेसम्म यो नब्युँझियोस् भन्ने चाहना थियो । हजारौं फिट माथि, हजारौंकिलोमिटर प्रतिघण्टाका दरले उडान भरिरहेका थिए । हावाको वेग धेरै भएपछि चिसो भयो, चिरञ्जीवी ब्युँझिए । यसो यताउती हेरे, घर तछैन । मनमा ‘ए शेरे ! हैन म कता आएँ ?’ भन्ने भयो । टाउको उठाएर यताउति हेरे । यमदूतलाई देखे । संस्कृतमा शास्त्री पढेका हुनालेअनुहार, पहिरन देखेर यमदूत हुन् भन्ने पक्का भयो । यमलोक गइँदै छ भन्ने बुझे । एउटा सानो कापीको पानामा के-के लेखेर गोजीमाहाले, अनि पूर्ववत् सुतिरहे । यमलोकमा खाटसहित चिरञ्जीवीको अवतरण भयो । यमदूतले भने, “प्रभु ! यही हो जिउँदो मान्छे ! अब हजुरको जिम्मा ।” यमराजले अरु केही भन्न नपाउँदै चिरञ्जीवी उठेर गए र अघि लेखेको कागजको टुक्रा यमराजको हातमा दिए । यमराजले कागज हेरे, जहाँलेखिएको थियो–– “यमराज ! यो पत्र लिएर आउने मान्छेलाई यमलोकका लागि पठाएको छु । चित्रगुप्तलाई केही समय छुट्टी दिनू र सपरिवारस्विट्जरल्यान्ड घुम्न पठाउनू । यो मान्छे त्यहाँ रहुन्जेल बैकुण्ठ र नर्कको द्वारमा यसैलाई राख्नू । चित्रगुप्तको काम केही दिन यसलेगर्नेछ । – विष्णु, बैकुण्ठधाम !” “पहिलोपटक जिउँदो मान्छे हेर्न खोजेको, भगवान विष्णुले पो कृपा गर्नुभयो । धन्य अन्तर्यामी भगवान् ! म धन्य भएँ,” गदगद भएर यमराजले भने, “आज नर्कलोकमा भव्य पार्टी हुन्छ ।” चित्रगुप्त आफ्नो पोका-पन्तुरा बोकेर स्विट्जरल्यान्ड हिँडे । अब काम आयो- चिरञ्जीवीको थाप्लोमा । उनी पनि के कम ! मरेर आएका जति सबैलाई खुरुखुरु बैकुण्ठ पठाउन थाले । बैकुण्ठमा मान्छेको भीड बढ्यो, नरक शून्य हुन लाग्यो । जनसंख्या असन्तुलित भएको थाहा पाएपछि भगवान् विष्णु गरूडमा चढेरयमलोक पुगे । यमराजको दरबारमा पुगेर सीधै हपारे, “चित्रगुप्त झ्याप छ कि क्या हो ? सबै मान्छे बैकुण्ठ आइरा’छन्, नर्क खाली छ ।के हो यमराज ? बज्र हानेर तिम्रो करङ खुस्काऊँ ?” यमराजको सातो गयो । भने, “प्रभु ! चित्रगुप्त छुट्टीमा छन् । हजुरले पठाएका चिरञ्जीवीले का.मु. भएर काम गरिरा’छन् ।” “मैले पठाएको ? को पठाएँ मैले ?” विष्णु गर्जिए । यमराजले त्यही पत्र दिएर भने, “प्रभु ! यो चिरञ्जीवी आउँदा यही चिट दिएको थियो, सोहीअनुरुप काम भइरहेको छ ।” विष्णुको क्रोधले सीमा नाघ्यो । सीधै अफिसमा गए । चिरञ्जीवीचाहिँ अप्सराहरूको डान्स हेर्नमा तल्लीन थिए । विष्णुले कान फुट्ने गरी झापड हानेपछि उनी सतर्क भए । तुरुन्त हात जोडे । यति भएपछि विष्णुले भने, “तेरीमा हरामी ! तँलाई यो चिठी लेख्न कसले लगायो ?” चिरञ्जीवीले बडो नम्र स्वरमा भने, “हजुरले लगाउनुभयो प्रभु !” विष्णु आक्रोशमै थिए, भने, “मैले कहिले लगाएँ ? तेरो खुट्टा भाच्दिऊँ ?” चिरञ्जीवीले भने, “प्रभु ! भागवद्-गीतामा स्वयं हजुरले भन्नुभएको छ- सर्वस्य चाहं हृदि सन्

ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image