• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

बिपरित को आकर्षण एक nepali लघुकथा

उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे। फरक यत्ति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एकजना मन्दिरबाट फर्कि रहेका हुन्थे भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्ति प्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे । मन्दिरबाट फर्कने सज्जनलाई चर्चतर्फ जान लागेका व्यक्तिको शुभ्र वस्त्र, सौम्य भाव र घाँटीमा लट्केको क्रसमा अपूर्व शान्ति लुकेको आभास हुन्थ्यो भने चर्चतर्फ जान लागेका महाशयलाई पनि मन्दिर बाट फर्केका व्यक्तिको निधारको त्रिपुण्डक, गलाको रुद्राक्ष र निधारको टीकामा अद्भुत आभाको महसुस हुन्थ्यो । समय बित्दै जाँदा दुबैजनालाई अर्कोपक्षको आचरण, समर्पण, चरित्र र व्यक्तित्वमा झन् झन् ओज, उर्जा, पवित्रता र उपलब्धिताको बोध हुन थाल्यो । दुबैको मन्दिर र चर्चको आवागमन जारी नै रह्यो भने प्रत्येक जम्काभेटमा एक-अर्का प्रतिको आकर्षण, झुकाव र कौतुहलता झन् झन् बढ्न थाल्यो । केही दिन उनीहरू दुबैजनाको जम्काभेट हुने स्थानमा उनीहरू देखिएनन् । आज फेरि अचानक दुबैजनाको पुरानै मोडमा जम्काभेट भयो । दुबैजना एकदम अच्चमित र आश्चर्यचकित भए । दुबैजनाले बाटोमा टक्क उभिए र एक-अर्कालाइ विस्फारित लोचनले हेर्न थाले। सधैं मन्दिर बाट फर्कने र रुद्राक्ष धारण गर्ने व्यक्तिको गलामा आज क्रस लट्किएको थीयो र उनी श्वेत वस्त्र धारण गरेर हातमा बाइबल लिएर हिँड्दै थिए भने दिनदिनै चर्च जाने व्यक्ति आज त्रिपुण्डक धारण गरेर, गेरुवा वस्त्रमा हातमा गीता लिएर हिँड्दै थिए !

ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image