बेलायतले गौतम बुद्धको जन्म नेपालमा नै भएको बताएको छ । बुद्धको जन्म तथा बुद्ध दर्शन सम्बन्धमा छलफल गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुयायीहरु काठमाडौंमा भेला भएको समय बुद्धको जन्म स्थान सम्बन्धमा बेलायतले आफ्नो धारणा सार्वजनीक गरेको हो । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले एक बिज्ञप्ति जारी गरी वुद्ध नेपालमै जन्मिएको बताउनुभएको छ । २५ सय ६० औं वुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिदैं प्रधानमन्त्री क्याम्रुनले वुद्धको जन्म स्थानसम्बन्धमा बिभिन्न टिकाटिप्पणी गर्नु आवश्यक नभएको स्पष्ट पार्नुभएको हो । वुद्ध भारतमा जन्मिएको भन्दै विश्वव्यापी रुपमा भ्रम फैलिरहेका वेला क्यामरुनको यस्तो भनाई आएको हो । क्यामरुनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'यो वर्ष नेपाल बेलायत मित्रताको २ सय वर्षगाँठ मनाएका छौं । २५ सय ६० औं वुद्ध जयन्तीको अवसरमा म शुभकामना व्यक्त गर्न चाहान्छु । विश्वभर रहेका वौद्ध मार्गीहरुका लागि यो विशेष समय हो । विशेष गरि वुद्ध जन्मिएको देश नेपाल र नेपाली जनताका लागि ।' नेपाल धेरै संस्कृति र विश्वास भएको देश भएको भन्दै प्रधानमन्त्री क्यामरुनले वुद्ध जयन्तीको अवसरमा शुभकामना दिनुभएको हो ।
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal