अदृश्य रामराज्यको किन गर्छौ खोजी
ढल्कि जान्छ बैंस तिम्रो रित्तीनेछ गोजी
आफ्ना दुख पहाड भन्छौ अरुको चैं तिल
कहाँ पुग्छ मिठो सँधै राम्रो रोजी रोजी ।।
जवाफ
आफ्नो दुख आफैलाई बढि थाहा हुन्छ।
सानो सानो कुरामा नि सारै डाहा हुन्छ।
सबैले तिलको पहाड बनाउदैनन साथी,
अरूको पिर बुझ्ने मान्छे भन्नुस काहां हुन्छ।