तर्कि तर्किजाँदा मुटु लगेकीछौ याद गर
तिम्ले मेरो आधा मुटु लगेकीछौ याद गर
तिम्रो हर चोट्मामेरो भतभती छाति जल्छ
तातोपानी खाँदा मुटु लगेकीछौ याद गर
मारीएको ठहर्नेछ पराइ रंग भर्न खोजे
बाचा गरी सादा मुटु लगेकीछौ याद गर
तिमी भोकैभयौ भने तिमी प्यासी भयौ भने
जीउन हुनछ बाधा मुटु लगेकीछौ याद गर
खाँचो पर्दा तिमी मेरो भगवान् कृष्ण भन्दै
आफू बन्दै राधा मुटु लगेकीछौ याद गर