जानी जानी तिम्रो कपाल तान्न आएँ म ।
नजरको तीरले तिमीलाई हान्न आएँ म ।
सारै राम्री रैछ्यौ तिमी कलेजको माँझ
तिमीलाई आफ्नो रानी ठान्न आएँ म ।
सधैं तिम्लाई एक्लै देख्थे आज साथीसँग ,
दुई जनामा को छ राम्री छान्न आएँ म।
तिम्रो मनमा मेरालागि माया छ कि छैन
बताई देउ न सानु माया जान्न आएँ म ।
लुकी चोरी ईसाराले बोलाए झै लाग्यो,
मायालु यो अँगालोमा बान्न आएँ म।