अचाक्ली गर्मी थियो , त्यसमाथी मानबिय भिड - खचाखच भरीएको मेरिल्याण्ड कलेजको प्राङण , एस.एल.सी पास भएका हरु जोसका साथ आएका थिए +२ को इन्ट्रास एक्जाम दिनलाई । म पनि त्यही भिडमा थिए तर एक्लो - कसैले बोलाए जस्तो लाग्यो " ओयी बिकेश " यही स्वर थियो - पछाडि फर्केर हेरे एस.एल.सी सम्म सगै पढेकी , तर उही त हो - बोल्न लजाउने पहिले - अलिली बोलेकी साथी " जुनु " रहिछ । अरे ! जुनु तिमी यहाँ , स्याला यती भन्दा मन मनै घन्टी बजेको थियो " अस्ती सम्म कि यत्री फुच्ची तीन चार महिनामा कत्रो परिवर्तन " । आफुलाई पनि सोचे "स्याला !! बिर्खे - मिट्ठा मधु नखाने त , आजकाल त जि मास्टर होस् नि " - उसले सोधी " यही पढ्ने तिमी " ?? मेरो सहज उत्तर थियो " त्यही भनेर आको " - " डे ! मा पढुम ल " उस्ले भनी , बोल्न नपाउदै "जाडोमा हात खुट्टाका छ।ला फुट्ने समस्या दर्सायी " । मेरो मनको घण्टी बजीरहेको थियो मैले भने हुन्छ । "तिमी त म सँग मिगमा पनि एड छैन " उसले भनी , मैले आयिडी दिए - उसले तुरुन्त एड गरी । फेसबुक चलाऊनौ मैले सोधे - " नाइ !! खोलेकै छैन " अब खोल है - उसले हुन्छ भनी । इन्ट्रान्श सकियो , कलेज सुरु भयो - त्यो भन्दा मेरो लभ परेझै लाग्थ्यो - मुटुको दाइने कुना ढुकढुक गरिरहन्थ्यो , राती सपनीमा उसैलाई देख्थे , नयाँ साथी हरु माझ हामी दुई एक अर्कामा पुराना थियौ अलिली - केटाहरु सोद्थे " तिम्रो GF हो के हो " बाहिर " हैट " भनेपनी मनको गोधुलीमा खुशी लाग्थ्यो । सबै भन्दा नजिककी साथी यो समयमा उही थि , च्याट बेसी उसैसँग - फोन बेसी उसै सँग - भनौ संगत नै उसैसँग । उ सोद्थी " तिम्रो ओठ किन कालो " - म् :" पैले देखी थियो । "उ भन्थी -" नाइ स्कुलमा थिएन "तिमी मलाई स्कुलमा पनि याद गर्थेउ " - "अलिली गर्थे नि " - " चुरोट खान छोड ल - उसको एक आग्रह थियो । यसरी नै केयरमा बद्लिएको थियो हाम्रो सम्बन्ध । समय बढीरहेको थियो - शायद प्रेम बसीसकेको थियो " । सन २०११ फेब्रुअरी १४ मा उसले मेरो प्रस्ताब स्विकारेकी थियी - हामी आधीकारीक प्रेमी प्रेमिका भएका थियौ । जिन्दगीको लगभग २ बर्ष सँगै बितायियो । +२ पस्चात म अब्रोड भासिए - भौगोलिक दुरी भए पनि हाम्रो प्रेममा कहिल्यै फाटो आएन , न हामी बिच - घुर्की लगाउने जस्तो गरी पनि सानो झगडा नै भयो । थाहा भएका साथी हरु भन्थे "लभ त यस्तो परोस " तर जीवनमा यस्तो मोड आउछ , त्यस्लाई स्विकार्नै पर्दो रहेछ - उसको म्यासेज थियो "मेरो बिहे हुँदैछ , मैले बुवा आमा र दाईलाई सम्झाउन सकिन , मलाई माफ गर " हो आज उ कसैकी श्रीमती भएकी छ , तर पनि मलाई विश्वाश छ - " उ अझै मलाई प्रेम गर्छे " । " हरेक प्रेम बैबाहिक सम्बन्धमा परिणत हुन सक्दैनन " यही यथार्थलाई स्विकारीरहेको छु म मनमा ब्यथा पालेर ।