एउटा रुखमा माहुरिको एउटा चाका थियो। त्यस चाकामा भएका माहुरिहरु मेहनतका साथ परगकण बटुलेर मह बनाईरहेका थिए। जब चाका महले भरिन्थ्यो तब वरिपरिका मानिसहरुले मह चोरेर खाईदिन्थ्यो। यो चक्र चलिनै रहेको थियो। यो सम्पुर्ण क्रियाकलाप रुखमुनी बसेका कमिलाले हेरिरहेको थियो। एकदिन कमिलाले माहुरिलाई भन्यो: तिमी यति धेरै मेहनत गरेर मह बनाउछौ तर सधै मानिसले चोरेर खाईदिन्छ, तिमिलाई रिस उठ्दैन ? माहुरिले हासेर भन्यो: कमिला भाइ म किन रिसाउने? विवेकशिल मान्छेले मेरो मह पो चोर्यो मेरो मह बनाउने कला त चोर्न सकेको छैन नि !