• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

jiwan ko res ma

एक दस बर्षको केटा दिनकै आफ्नो बुबा संग घर नजिकै को डाँडा मा रेस गर्न जाने गरेको थियो।

एक पटक  केटो ले भन्यो, "बुबा आज हामी दुवै जना त्यो डाँडा सम्म रेस गरम जो पहिला त्यो डाँडा मा पुग्छ , उसले रेस जित्छ !

बुबा पनि छोरा संग रेस गर्न तैयार हुनु भयो ।

डाँडा अलि टाडा नै थियो, दुवै ले बिस्तारै रेस सुरू गरे।

केहि समय पछि बुबा चै एक्कासी नै रोकिनु भयो।

"के भयो बुबा, तपाईं एक्कासी किन रोकिनु भयो, तपाइँ ले हारेकै हो त्?" छोरो ले हास्दै सोद्यो।

"होइन मेरो जुता भित्र मसिना ढुंगा हरु छिरेकोले झिक्न रोकिएको उसको बुबा ले भन्नु भयो |

छोरो ले भन्यो मसिना ढुंगा हरु त् मेरो पनि जुत्ता मा छिरेको छन ...तर म रोकिए भनी रेस हार्ने छु ..भन्दै छोरो चै दौडिन थाल्यो |

उसको बुबाले पनि मसिना ढुंगा हरु जुत्ता बाट झिकेर दौडिन थाल्नु भयो ...केहि बेर मा आफ्नो छोरो नजिकै पुग्नु भयो ..किन भनी मसिना ढुंगा हरुको कारण ले छोरो चै दौडिन सकी रहेको थिएँन ..केहि बेर मा बुबा चै छोरो भन्दा अगाडी हुनु भयो र रेस जित्नु भयो |

छोरो चै मसिना ढुंगा हरुको कारण ले दौडिन नसकेर एक ठाउं मा बस्यो......उसको बुबाले फर्केर आएर हेर्दा छोरो को खुट्टा बाट रगत निस्केको देखेर ...उसलाई घर लगेर...घाउ लाइ सफा गरी ओसधी लगाई पट्टी गरी दिनु भयो | अनि सोद्नु भयो जुत्ता भित्र को मसिना ढुंगा हरु लाइ निकालेर अनि दौडिनु पर्थ्यो नि ....छोरो ले भन्यो मैले तेसो गर्न रोकिएको भए मा रेस हार्ने थिएँ भनेर नि |

अनि बुबा ले भन्नु भयो हेर छोरो जीवन को रेस मा यस्ता मसिना ढुंगा (दुखहरु) हरु आई बस्छन....इन हरुलाई ठिक पार्दै अगाडी बढ्नु पर्छ | नत्र इन्ही हरु पछि ठुला घाउ बनेर जीवन मा ठुलो दुख दिन सक्छन .......

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image