• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Pariwartan परिवर्तन

हिजो: धर्म र परम्पराप्रति मानिसहरु निक्कै विश्‍वास गर्थे र परम्परागत आधारमा मात्रै विवाह तय गरिन्थ्यो । सबै जातमा सजातीय विवाह मात्रै प्रचलित थियो अनि सजातीय विवाह मात्रै हुनुपर्छ भन्ने समाजको बलियो धारणा थियो ।

आज: धर्मप्रतिको आस्था घट्दैछ, परम्परामा विश्‍वास हट्दैछ । प्रेम विवाहको प्रचलन अलि बढेकोले अन्तर्जातीय विवाह पनि हुदैंछ । बिस्तारै, विवाह सजातीयमा मात्रै हैन अन्तर्जातीय पनि हुन सक्छ भन्ने सामाजिक मान्यता तयार हुदैंछ ।

भोली: शायद सजातीय विवाहको लोपसंगै अन्तर्जातीय विवाह यत्ती बढ्ने छ कि, कतै कतै कसैले सजातीय विवाह गरेमा पनि त्यो अनौठो समाचार बन्ने छ। अहीले फाट्ट फुट्ट अन्तर्जातीय विवाह भए जस्तै त्यति बेला कतै सजातीय विवाह भएमा मानिसहरु यसरी हाँस्नेछन् :- “… हेर न ! पल्लो गाउँमा त बाहुनको छोरी बाहुनलाई नै दिएछन … ।”

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image