विश्वको कुनै कुनामा दुइवटा मित्र देशहरु थिए ।
पहिलो देशका नागरीकहरु शिक्षीत हुन पाए रमाउँथे, दोस्रो देशका जनताहरु आफूलाई सचेत भन्न रुचाउँथे ।
पहिलो देशका नेताहरु रात दिन नभनी जनताको काम गरी सिध्याउँथे, दोस्रो देशका नेताहरु जनतालाई नै प्रयोग गरी कुर्शी हत्याउँथे।
पहिलो देशका मजदूरुहरुले कारखाना चलाउँथे, अर्को देशका मजदूरहरुलाई नेताले नचाँउथे।
यौटा देशका पत्रकारहरु देशमा घटेका घटनाहरुको खबर सुनाउँथे, दोस्रो देशमा समाचार माध्यम आफ्नो बिचारलाई नै समाचार बनाउँथे ।
यौटा देशमा नेता हुनलाई पढनु पर्थ्यो, अर्को देशमा पढन नसक्नेहरु राजनीतिमा आउँथे ।
पहिलो देशमा बुद्घी र बिचारको युद्घ हुन्थ्यो, अर्कोमा ढुङ्गा मुढाले नै र्सब कार्य सिद्घ हुन्थ्यो ।
यौटा देशका नेता देशकोलागी मरी मेट्थे, अर्को देशका नेता हरेक पाइला चाल्नु अघि बिदेशी भेट्थे ।
पहिलो देश ‘शान्ति, बिकास र स्वाबलम्बन‘ भन्दै छ, दोस्रो देशको बारेमा के भन्ने, त्यो देश करीब करीब नेपाल जस्तै बन्दै छ ।