विभाष निसन्देह एक महान वैज्ञानिक हो। उसले अनगिन्ति आविष्कारहरू गरेको छ। हरेक क्षेत्रमा उसका खोजहरूले नविन आयाम कायमगरेका छन्। अझ भनौ देशको वर्तमान सुदृढ अवस्था उसैको देन हो। ऊ नेपालमा मात्र होइन सम्पूर्ण विश्वमै प्रसिद्ध छ। सारा संसारले नै उसलाई अत्यन्त श्रद्धा गर्छ। झन् अहिले त सबैको दृष्टिकेन्द्र ऊ नै बनेको छ। केही समय अघि उसले आफू अत्यन्त गहन अनुशन्धानमा ब्यस्त भएको र सो आफ्नो जीवनको सर्वोत्कृष्ट प्राप्ति हुने घोषणा गरेको थियो। तसर्थ सबैजना उसको नौलो प्राप्तिको बारेमा जान्न कौतुहलतापूर्वक प्रतिक्षारत छन्।
आज ऊ अत्यन्त हर्षित छ। आफैँप्रति गर्व लागिरहेछ उसलाई। ऊ आफ्नो सफलताको सुख कोही आफन्तसँग बाँड्न चाहन्छ, कोही असाध्यै नजिकको ब्यक्तिलाई आफ्नो सफलताको स्वाद चखाउन चाहन्छ। तर निकैबेर घोरिँदा पनि ऊ कोही आत्मीयलाई सम्झनै सक्दैन। उसकी आमाले त उसलाई जन्म दिनासाथ भूलोक त्यागेकी थिई। उसको बुबाको सातवर्ष अघि एक दुर्घटनामा परी मृत्यू भएको खबर उसले सुनेको थियो। त्यस बेला पनि ऊ एउटा ठूलो प्रयोगमा ब्यस्त भएकाले बाबुको अन्त्यष्ठीमा सामेल हुन सकेको थिएन। अचानक उसको मुहारमा छाएको निराशाको बादल फाट्छ र आशाको घाम जगमगाँउछ। “हजुरबुवा…!” उसको मुखबाट अचानक निस्कन्छ। हो हजुरबुवा त छन् नि उसका।
विभाषका हजुरबुवा अर्को सहरमा बस्छन्। विभाषले उनलाई नदेखेको पन्द्रवर्ष नाघिसकेछ। “बुझिस् विभाष आजका मितिले म पचहत्तर पुगेँ”, अन्तिम भेटमा हजुरबुवाले भनेको उसले सम्झन्छ। उसको प्रफुल्लतामा झनै बृद्धी भएको छ। उसलाई लाग्छ आफ्नो सफलताको स्वाद चखाउन उसले सर्वोत्तम ब्यक्ति भेटेकोछ। ऊ आफ्नो आविष्कारको प्रथम मिठास प्राप्त गर्ने अवसर हजुरबुवालाई नै दिन चाहन्छ र उन्मादमा लहरिँदै हजुरबुवाको शहर तर्फ लम्कन्छ।
विभाष अनेकन सपना साँचेर हजुरबुवा सामु आईपुग्छ। तर त्यहाँको विभत्स दृश्य देखेर ऊ अवाक पर्छ। उसको हजुरबुवा मासुको एक थुप्रो झै भएर खाटमा लडेका छन्। उनमा कुनै हलचल छैन। छेवैमा एउटी सुसारे उभिएकी छे, जसबाट उसको हजुरबुवा डेढ वर्ष देखी त्यही अवस्थामा रहेको कुरा थाहापाउँछ। सुसारेका अनुसार हजुरबुवालाई डेढवर्ष देखि स्लाइन दिइएको छ। उनले डेढवर्ष देखि न केही बोलेका छन् न आँखा नै खोलेका छन्। त्यस समयदेखि उनी ज्यूँदो लासझैँ भएर त्यस खाटमा लडिरहेकाछन्। बृद्ध हजुरबुवाको यस्तो कारुणिक दृष्य देखेर विभाष डराउँछ। यो तीतो यथार्थले उसको मानसपटलमा ठूलो हलचल ल्याउँछ।
विभाष आफ्नो सहरतर्फ दौडिन्छ। ऊ झन्-झन् डराउँदै छ, झन्-झन् अताल्लिदै छ। अनेकौ किसिमका भयावह कल्पनाहरू उसको मानसमा अँकुराइरहेका छन्। उसको हृदयमा भयको सगरमाथा अग्लिदैछ। ऊ त्राशले निलोकालो हुँदै आफ्नो प्रयोगशाला भित्र पस्छ। प्रयोगशालाको ढोका बन्द हुन्छ।
पाँच दिन पछि प्रयोगशालाको ढोका फोडिन्छ। भित्र अचम्मको दृष्य देखिन्छ। विभाषको लास एउटा कुनामा लडिरहेको छ। लासको छेवैमा एउटा पिस्तोल पनि छ। भुइँमा अचम्म किसिमको तरल पदार्थ पोखिएको छ। त्यही निर एउटा शिशी घोप्टिएको अवस्थामा छ। भुइँमा पोखिएको तरल पदार्थ शायद त्यही शिशीको हो। कसैले त्यस शिशीलाई उठाउँछ। शिशीमा केही लेखिएकोछ। नियालेर हेर्दा देखिन्छ- “मानिसलाई अमर पार्ने रसायन”।
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*