• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Nepali Story बिमलको कथा

सुनकेस्रा पत्रिकाको नयाँ अंक बजारमा आयो । विमल हतारिदै पत्रिका पसल पुग्यो । “दिदी ! मलाई सुनकेस्रा दिनुहोस न ।” उसले खल्तिबाट रुपैया झिक्दै भन्यो । ऊ सुनकेस्रा मासिकको नियमित पाठक थियो । उसलाई अरु पनि बालपत्रिकाहरु पढ्न औधि मनपथ्र्यो । ऊ सधै मुना, बालक, कोपिला, बालकोशेली जस्ता बाल पत्रिकाहरु किनेर पढ्ने गथ्र्यो । ऊ आफ्ना साथीहरुलाई पनि पढ्न दिन्थ्यो । पत्रिका किनिसकेपछि उसले ओल्टाइ पल्टाइ हे¥यो । के –कस्ता कथा कविताहरु छापिएका रहेछन् भन्ने जान्न ऊ उत्सुक भयो । उसले सरसर्ती पानाहरु पल्टायो । अचानक उसका आँखाहरु चम्किला भए । ओठ लाम्चो भएर मुस्कुराउँन थाल्यो । उसको जीउ फुरुङ्ग भयो । ऊ खुसीले गद्गद् भयो । उसले अर्को पनि एउटा सुनकेस्रा पत्रिका किन्यो । ऊ हर्षितहुँदै दुई हातमा दुइवटा पत्रिका बाकेर घरतिर लाग्यो । “आमा ! आमा !! यसपालिको सुनकेस्रामा त मेरो कथा पनि छापिएछ !” उसले खुसी हुँदै भन्यो । हातमा भएको पत्रिकाहरु हल्लाउँदै देखायो । “देख्यौ त, एकदिन तिम्रो कथा पनि छापिनेछ भनेर मैले भनेकी होइन त ? नभन्दै तिम्रो कथा छापियो । तिम्रो लगन सफल भयो ।” विमलको कुरा सुनेर आमा पनि खुसी हुनुभयो । बाल पत्रिकाहरु पढ्दै गर्दा विमलले कथा कविता लेख्न सिकेको थियो । उसले धेरै पल्ट पत्रपत्रिकाहरुलाई आफ्नो रचानाहरु पठाएको थियो । तर, अहिले सम्म एउटा पनि छापिएको थिएन । जति कथा कविताहरु पठाए पनि नछापिएको हुँदा ऊ निरास भएको थियो । “ठूला मान्छेको मात्र कथा कविता छापिन्छ । हामी जस्तो सानो मान्छेको मात्र छापिन्न ।” भन्दै ऊ बालपत्रिकाहरु देखि रिसाएको थियो । त्यति बेला उसले कथा कविताहरु पनि लेख्न छोडेको थियो । “निरास हुने मान्छेले कहिले पनि सफलता पाउँदैन । त्यसैले बाबु ! लेख्ने बानी नछोड । बरु सधै लेख्ने पढ्ने गर । यसले तिम्रो लेखाइ राम्रो हुन्छ । तिमी झन राम्रा कथा कविताहरु लेख्नसक्ने हुन्छ्यौं । आज तिम्रो रचनाहरु नछापिए त के भयो र ? तिम्रो रचनाहरु राम्रो भए एकदिन कसरी नछापिएला र ? त्यसैले तिमी सधै लेख्ने गर । र, लेखिएका रचनाहरु पत्रिकामा पठाइरहने गर ।” त्यति बेला आमाले विमललाई सम्झाउँनु भएको थियो । उसलाई माया गर्दै हौसला दिनुभएको थियो । विमलले आमाको हौसला पाएर फेरि लेख्न सुरु गरेको थियो । र आज पहिलो पटक उसको कथा पत्रिकामा छापिएको थियो । ऊ धेरै खुसी थियो । उसले अझै राम्रा राम्रा कथा कविताहरु लखिरहने अठोट ग¥यो । 

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image